ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६५० एमजी सिटामोललाई बजार अनुमति नदिने विभागको अडान


एबीसी न्यूज
१९ मंसिर २०८०, मंगलबार   १ : ४९   बजे

काठमाडौं, १९ मंसिर । औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको पारासिटामोललाई स्वीकृति दिन औषधि व्यवस्था विभागलाई अनुमति दिने निर्णय गर्‍यो । औषधि उत्पादक कम्पनीहरूको दुई वर्षको प्रयासपछि सो निर्णय भएको हो । निर्णयअनुसार २०७९ साउनमा विभागले ६५० एमजीको सिटामोल उत्पादन अनुमति दियो ।

अनुमति पाएसँगै तीन कम्पनीले उत्पादन प्रक्रिया अघि बढाए । तर, डेढ वर्ष बढी बितिसक्दा पनि ५६० एमजी सिटामोल उत्पादन, बजार र मूल्य भने राजनितिक विषय नै बनिरहेको छ ।

बजार अनुमति नदिने विभागको अडान
विभागका तत्कालीन महानिर्देशक भरत भट्टराईको कार्यकालमा ६५० एमजी सिटामोलबारे भएको निर्णय अहिले कार्यान्वयन नगर्ने अडानमा विभाग छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकाल ६५० एमजीका सिटामोल नेपालका लागि आवश्यक नभएको भन्दै बजार अनुमति नदिने तर्क गर्छन् ।

“विश्वका कमै देशमा मात्रै चल्ने ६५० एमजी सिटामोल नेपालका लागि आवश्यक छैन”, उनको भनाइ छ ।

“५०० एमजी सिटामोलको बजार मूल्य नबढिरहेको अवस्थामा ६५० एमजीलाई लाइसेन्स दिन धेरै जोडबल गरियो, तर, त्यसको औचित्य नभएर मैले रोकेँ, म महानिर्देशकबाट हटेलगत्तै औषधि सल्लाहकार समितिसहितको बैठकबाट अनुमति दिइएछ, मेरो कार्यकालमा यो बजारमा आउँदैन,” उनले  भने ।

अहिले चलिरहेको ५०० एमजी सिटामोल आफैँमा हाइ डोज भएको र ६५० एमजी मूल्य छल्नलाई मात्रै उत्पादन गर्न लागिएको उनको भनाइ छ ।

सिटामोल उत्पादनका लागि ६ वटा कम्पनीले आवेदन दिएका थिए । त्यसमध्ये विभागले औषधि सल्लाहकार समितिको सिफारिसमा नेशनल हेल्थ केयर, मारुती फर्मास्युटिकल्स र रोयल फर्मास्युटिकल्सलाई उत्पादन अनुमति दिइसकेको छ ।

अनुमति पाएयता ती कम्पनीले ट्रायलका लागि थोरै उत्पादन गरेपनि बजार अनुमति नपाएसम्म ठूलो मात्रामा उत्पादन नगर्ने नेपाल औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बराल बताउँछन् ।

के भन्छन् चिकित्सक ?
नेपालमा हालसम्म ६५० एमजी सिटामोलले बजार अनुमति नपाए पनि कोरोनाकालमा अवैध रूपमा यसको प्रयोग भएको एक पक्षको दाबी छ । अहिलेको हकमा सो मात्रा अत्यावश्यक नभएको तर, विकल्पको रूपमा भने प्रयोग गर्न सकिने चिकित्सकहरू बताउँछन् ।

वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा। जनक कोइराला ५०० एमजीका दुई चक्की दिनुपर्ने अवस्थाको विकल्प ६५० एमजी हुनसक्ने तर्क गर्छन् ।

“बालबालिका बाहेकका बिरामीलाई सामान्यतः ६ घण्टाको फरकमा ५०० एमजीको एक चक्की दिने हो, तर कतिपय अवस्थामा एउटाले काम नगरेर दुईवटा चक्की अर्थात् एक हजार एमजी नै दिनुपर्ने हुन्छ, ६५० एमजीको सिटामोल भए दुईवटा दिनुपर्ने अवस्था नहोला की भन्ने हो,” उनी भन्छन् ।

“महामारी लगायतका अवस्थामा सुरक्षित हुने हो भने ६५० एमजी प्रयोगमा ल्याउँदा राम्रै हो तर अहिले नै नभइ नहुने भन्ने अवस्था चाहिँ छैन,” डा। कोइराला भन्छन् ।

पश्चिमा मुलुकहरूमा ६५० एमजीको सिटामोल प्रयोगमा रहेको उनको अनुभव छ ।

समितिको सदस्य समेत रहेका एसोसिएसनका पूर्वअध्यक्ष डा। लोचन कार्की बिरामीको तौल र शारीरीक अवस्थालाई हेरेर सिटामोलको डोज निर्धारण गरिने बताउँछन् ।

केही व्यक्तिको तौलअनुसार ५०० एमजीको एक चक्की पनि कम हुने र दुई चक्की दिँदा बढी हुने अवस्था पनि आउने गरेको उनी सुनाउँछन् ।

“यस्तो अवस्थामा हामीले ५०० एमजीको डेढ चक्की खान सिफारिस गरिरहेका हुन्छौँ ६५० एमजीको चक्की उपलब्ध भएमा यस्तो ग्याप नरहला भन्ने हाम्रो अपेक्षा हो” डा। कार्कीले भने ।

“कच्चा पदार्थदेखि उत्पादनसम्मको अवस्था र अन्तर्राष्ट्रिय बजारलाई समेत हेरेर सरकारले मूल्य निर्धारण, नियमन र नियन्त्रण गर्नुपर्छ । मूल्य कम भएर कालोबजारी हुनुभन्दा समसामयिक मूल्य राखेर सहज उपलब्ध गराउनु सरकारको जिम्मेवारी हो” उनले थपे ।

महामारीमा मूल्य बढाउनुपर्ने माग
बजारको माग र महामारीको अवस्थालाई ध्यानमा राख्दै ६५० एमजी सिटामोल उत्पादन गर्न लागिएको औषधि उद्योगीहरूको तर्क छ । तर, मूल्यको कारण देखाउँदै सरकारले उद्योगीलाई खुम्च्याउने गरेको नेपाल औषधि उत्पादक संघको आरोप छ ।

“हामीले ६५० एमजी सिटामोल बजारमा लैजाँदा भारतकै तुलनामा बजारमूल्य कायम हुनुपर्ने भनेका हौँ, तर यहाँ हरेक सरकारलाई सिटामोलको मूल्य बढाएको आरोप लाग्ने डर मात्रै देखियो, यसमा विभागको भन्दापनि प्रधानमन्त्रीसम्मको हात छ” संघको उपाध्यक्ष सन्तोष बराल भन्छन् ।

६५० एमजी सिटामोलले बजार अनुमति पाएमा तीन रुपैयाँ प्रतिचक्की मूल्य निर्धारण गर्ने संघको तयारी छ । हाल ५०० एमजी सिटामोलको प्रतिचक्की एक रुपैयाँ बजारमूल्य छ ।

महामारीको समयमा बजारमा सिटामोलको अभाव हुने अवस्था आइरहन्छ । त्यतिबेला नै मूल्य बढाउनुपर्ने विषय उठ्छ ।

गतवर्ष डेंगी महामारी उच्च भएकै बेला बजारमा सिटामोल अभाव भएपछि उद्योगीले मूल्य बढाउनुपर्ने अघोषित माग राखेका थिए । १५ वर्षदेखि एउटै मूल्य रहेको तर कच्चा पदार्थ महंगो भएको बताएका थिए ।

स्वास्थ्य मन्त्रालयले बजारमा सिटामोल अभाव नगर्न अनुरोध गरिएको थियो ।

कस्तो छ बजारमा सिटामोलको माग ?
नेपालमा वार्षिक सातदेखि आठ करोड चक्की सिटामोल खपत हुँदै आएको छ । यो मात्रा महामारीको समयमा १० करोडसम्म पुग्ने उद्योगीहरू बताउँछन् । सरकारी तवरबाट नेपाल औषधि लिमिटेडले मागको २० प्रतिशत सिटामोल उत्पादन गर्दै आएको छ ।

यसबाहेक वार्षिक ६ करोड चक्की सिटामोल निजी उत्पादकहरूले सरकारलाई दिइरहेको उपाध्यक्ष बराल बताउँछन् । हाल ११ वटा निजी कम्पनीले सिटामोल उत्पादन गरिरहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group