ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राखेप सदस्य–सचिव घिसिङ र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता


एबीसी न्यूज
१९ मंसिर २०८०, मंगलबार   ३ : ३४   बजे

काठमाडौं, १९ मंसिर । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि मण्डलबीच मंगलबार भेटवार्ता भएको छ ।

राजदूतावासका काउन्सुल फर कन्सुलर अफेयरका वाङ दोङको नेतृत्वमा आएको प्रतिनिधि मण्डललाई सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरेका हुन् । भेटका अवसरमा नयाँ वर्षको उपलक्ष्यमा हुने महोत्सवमा दुई देशबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा छलफल भएको थियो ।

नेपालको यू–२१ पुरुष फुटबल टोली तथा चीनको चोङ चीन प्रान्तको व्यावसायीक र यसु फुटबल टिमको यू–२१ पुरुष टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा प्रारम्भिक छलफल भएको थियो । महोत्सवका अवसरमा साँस्कृतिक आदान–प्रदानलगायत विविध कार्यक्रम पनि हुनेछ ।

चिनियाँ पक्षले फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गराउन प्रस्ताव गरेका छन् । साथै टोलीले दशरथ रंगशालाको पनि अवलोकन गरेको छ । सदस्य–सचिवले टोलीको प्रस्तावमा आफू सकारात्मक रहेको बताउँदै कार्यक्रमलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम चिनियाँ राजदूतावासको आयोजनामा हुन लागेको हो ।

भेटका अवसरमा दूतावासका प्रहरी सम्पर्क अधिकारी चेन हान, ओभरसिज चाइनिज एसोसिएसन अफ नेपालका अध्यक्ष जिन छियोदोङ, उपाध्यक्ष गु यिङमिन, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, सामान्य प्रशासन शाखाकी प्रमुख शारदा दाहाल लगायतको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu