ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इटहरी यातायात कार्यालयको ६१ करोड राजस्व हिनामिना गर्ने पाँचजना पक्राउ


एबीसी न्यूज
१९ मंसिर २०८०, मंगलबार   ३ : ४०   बजे

काठमाडौं, १९ मंसिर । यातायात व्यवस्था कार्यालय इटहरीको ६१ करोड रुपैयाँभन्दा बढी राजस्व रकम हिनामिना गरी फरार रहेका अभियुक्तमध्ये पाँचजना पक्राउ परेका छन् । यो मुद्दामा विशेष अदालतले नौजनालाई दोषी ठहर गरेको थियो ।

विशेष अदालतको ०७९ साल चैत ८ गतेको फैसलाबाट भ्रष्टाचार राजस्व रकम हिनामिना कसुरमा उनीहरू दोषी ठहर भएका थिए । फरार प्रतिवादीलाई प्रहरीले सोमबार हिजो पक्राउ गरेको हो । उनीहरूलाई अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

पक्राउ परेका टीकाराम अधिकारीलाई मोरङ जिल्ला अदालतले राजस्व रकम हिनामिना कसुरमा नौ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरिवाना गरेको थियो ।

यस्तै, देवराज नेपाललाई आठ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवाना गरिएको थियो । नयराज नेपाललाई आठ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ रुपैयाँ जरिवाना गरिएको थियो ।

मणिराज दाहाललाई सात वर्ष ११ महिना २३ दिन कैद र चार करोड ३४ लाख पाँच हजार ५९४ रुपैयाँ जरिवाना गरिएको थियो । कुमारबहादुर कटुवाललाई ६ वर्ष कैद र एक करोड एक लाख ६५ हजार ८१२ रुपैयाँ जरिवाना गरिएको थियो ।

विशेष अदालतले राजस्व हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन उपसचिवहरू विष्णुप्रसाद पौडेल, नयराज नेपाल, रमेशप्रसाद दाहाल र होमनाथ भट्टराईलाई कैद सजाय तोकेको थियो । कार्यालयका लेखा अधिकृतहरू कुमार कटवाल र टीकाराम अधिकारी पनि दोषी ठहर भएका थिए ।

यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई मुद्दा दायर गरेको थियो । ०७३र७४ को फागुन मसान्तसम्मको राजस्वबापतको रकम ६१ करोड २१ लाख २८ हजार रुपैयाँभन्दा बढी हिनामिना भएको पुष्टि भएको थियो ।

यो हिनामिनामा तत्कालीन लेखा अधिकृत सुरेश अधिकारी, लेखापालहरू देवराज नेपाल र रुद्रप्रसाद दाहाल पनि संलग्न भएको अदालतको ठहर थियो ।

यातायात कार्यालय इटहरीमै आर्थिक वर्ष ०६९र७० देखि ०७०र७१ सम्म गरिएको अर्को अनियमितता सम्बन्धमा छुट्टै मुद्दा दायर गरिएको थियो । त्यसमा होमनाथ भट्टराई र विष्णुप्रसाद पौडेल दोषी ठहर भएका थिए । तत्कालीन सहलेखापाल टंकबहादुर खड्कालाई अदालतले लेखा अधिकृत अधिकारीसरह कैद, बिगो र जरिवाना तोकेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu