ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयात बन्दको ४ वर्षपछि २ अर्ब लगानीमा नेपालमै सुरु भयो रेडबुल उत्पादन


एबीसी न्यूज
१९ मंसिर २०८०, मंगलबार   ३ : ५३   बजे

काठमाडौं, १९ मंसिर । आयात बन्द गरिएको साढे ४ वर्षपछि नेपालमै रेडबुल उत्पादन सुरु भएको छ। २ अर्ब लगानीमा नवलपरासीमा उद्योग स्थापना गरिएको हो। उद्योगमा आजदेखि नै उत्पादन सुरु भएको छ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले उद्योगको उद्घाटन गरेका हुन्। व्यापारिक घराना खेतान समूहले नेपालमै रेडबुल उत्पादन सुरु गरेको हो। उक्त समूहले थाइल्यान्डको रेडबुल कम्पनीसँग सम्झौता गरी सरस बेभरेज प्रालि नामक उद्योग दर्ता गरेको थियो।

रेडबुलको ट्रेडमार्क प्रयोग गरी नेपालमै उत्पादन गर्न समूहलाई उद्योग विभागले लाइसेन्स दिएको थियो। खेतान समूहको अंशबण्डासँगै यसको उत्पादन राजेन्द्र खेतानका भाइ प्रेमप्रकाश खेतानले गर्नलागेका हुन्।

विदेशी ब्राण्ड नेपालमा उत्पादन गर्दा प्रविधि हस्तान्तरण ऐनअनुसार रोयल्टी वा लाभांश दिनुपर्ने हुन्छ। अहिले खेतान समूहले रोयल्टी बुझाउने निर्णय गरेको छ।

ऐनअनुसार बनेको नियमावलीले रोयल्टी बुझाउँदा ५ प्रतिशत नाफाबापतको १५ प्रतिशत लाभांश दिनुपर्ने व्यवस्था गरेको छ। यसअनुसार ५ प्रतिशत रोयल्टी दिने गरी खेतान समूह अघि बढेको हो।

हाल रेडबुलको आयात गर्न पाइँदैन। डा। युवराज खतिवडा अर्थमन्त्री रहँदा साढे ४ वर्षअघि सबै प्रकारका इनर्जी ड्रिंक्सलाई नेपालमा आयात प्रतिबन्ध गरेका थिए। जसमा रेडबुल पनि परेको थियो।

यसले नेपाली बजारमा निकै लोकप्रिय पेयपदार्थ रेडबुललाई मार परेको थियो। अहिले नेपाली बजारमा रेडबुलजस्तै देखिने इनर्जी ड्रिंक्सहरु बिक्रीवितरण भइरहेका छन्।

खेतान समूहका अनुसार सरस बेभरेजको कार्यालय धादिङको धुनिबेसीमा स्थापना भइसकेको छ। त्यसको प्लान्ट भने नवलपरासीमा छ।
वार्षिक १० हजार किलोलिटर जुस उत्पादन गर्ने लक्ष्य लिएको उद्योगमा २ अर्ब लगानी गरिएको छ।

मुस्किलले पाएको थियो खेतान समूहले लाइसेन्स
आयात प्रतिबन्धसँगै नेपालमै यसको उत्पादन गर्न धेरै ठूला घरानाहरु उत्सुक थिए। विशाल ग्रुप र चौधरी ग्रुप पनि यसमा लगानी गर्न उत्सुक थिए।

तर यी दुई ग्रुपलाई पाखा लगाउँदै खेतान समूहले रेडबुल उत्पादनको अनुमति पाएको थियो। उद्योग विभागका एक अधिकारीका अनुसार रेडबुलको ट्रेडमार्कको लागि विशाल ग्रुप र चौधरी ग्रुपले आवेदन नै दिएका थिए।

तर यसअघि पनि खेतान ग्रुपले नै कारोबार गरिरहेको तथा थाइल्यान्डको कम्पनीसँग सम्झौता गरेको आधारमा उद्योग विभागले उसैलाई दिएको हो।

विशाल ग्रुपको साउथ एसियन बेभरेज प्रालि र चौधरी ग्रुपको सीजी ब्रुअरीले लाइसेन्सको लागि आवेदन दिएका थिए। सीजी ब्रुअरीले अहिले पनि मुस्ताङ र स्पिड नामक इनर्जी ड्रिंक्स उत्पादन गर्दै आएको छ।

त्यस्तै विशाल ग्रुपको साउथ एसियन बेभरेजले फ्रूटी, एपी, एपी फिज नामक जुस उत्त्पादन गरिरहेको छ।

रोजगारी सिर्जनामा अर्थमन्त्रीको अपेक्षा
रेडबुलको उद्योग उत्घाटन गर्न मंगलबार अर्थमन्त्री महत नवलपरासी पुगेका थिए। उनले थाइल्यान्डमा उत्पादन सुरु भएको रेडबुल ब्रान्ड आयात रोकिएपछि मात्रै फ्याक्ट्री नै नेपाल आएको बताए।

‘रेडबुल अब नेपालमै उत्पादन सुरु भएको छ, यसले रोजगारी दिनेछ, मागअनुसार तीनवटै सिफ्ट फ्याक्ट्री सञ्चालन भयो भने तीन गुणा रोजगारी बढ्छ’, उनले भने।

यसले यो क्षेत्रका लागि आम्दानी पनि तीन गुणा बढ्ने र राजस्व पनि तीन गुणा बढ्ने मन्त्री महतले बताए।

उनले भने, ‘राजस्वबारे म एकदमै चिन्तित छु, परिवारमा जति धेरै आम्दानी भयो, त्यत्ति बढी खर्च गर्ने क्षमता हुन्छ। परिवारको आवश्यकता पूर्ति गर्न सक्छ। देश भनेको पनि ठूलो परिवार–परिवार मिलेर बनेको ठूलो परिवार हो।’

देशलाई पनि आम्दानी हुने स्रोत र आम्दानीको आवश्यकता रहेको उनको भनाइ छ। सरकारले जति धेरै आम्दानी गर्छ त्यति नै पूर्वाधारमा लगानी गर्न सकिने भएकाले निजी क्षेत्रबाट लगानी वृद्धि हुनुपर्नेमा उनको जोड थियो।

त्यस्तै उनले सरकारले फ्याक्ट्री चलाएर नहुने बताउँदै यसको जिम्मा निजी क्षेत्रले लिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group