ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंका अधिकांश स्थानमा प्रदूषणको मात्रा १०० एक्यूआईभन्दा बढी


एबीसी न्यूज
२० मंसिर २०८०, बुधबार   २ : २४   बजे

काठमाडौं, २० मंसिर । जाडो यामसँगै काठमाडौं र अन्य ठूला सहरमा वायु प्रदूषण बढेको छ । काठमाडौंका अधिकांश स्थानमा प्रदूषणको मात्रा एक सय एक्यूआई वायुको गुणस्तर सूचकांक०भन्दा माथि पुगेको छ ।

वातावरण विभागको वायु प्रदूषण सूचक यन्त्रमा बुधबार सबैभन्दा प्रदूषित सहर हेटौंडा देखिएको छ । हेटौंडामा प्रदूषणको मात्रा १५१ एक्यूआई पुगेको छ । बुधबार बिहान काठमाडौं उपत्यकाका शंखपार्क, कीर्तिपुर, रत्नपार्क, खुमलटार, पुलचोकलगायत स्थानमा प्रदूषणको मात्रा १०५ देखि ११९ एक्यूआईसम्म पुगेको थियो ।

अपराह्न १२ बजे रेकर्ड भएको तथ्यांक अनुसार पुलचोकमा १०७ एक्यूआई छ । त्यस्तै शंखपार्कमा ९६, कीर्तिपुरमा ९२, रत्नपार्कमा ८६ र खुमलटारमा ७९ एक्यूआई रेकर्ड भएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भने एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । एक्यूआई जति बढ्दै गयो त्यति घातक हुने संगठनले जनाएको छ ।

एक्यूआई एयर क्वालिटी इन्डेक्स० मार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा तथा पीएम २।५ जाँचिन्छ । पीएम २।५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २।५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

यस्ता कणहरू श्वासप्रश्वासको माध्यमबाट सजिलै भित्र छिर्ने, जम्मा भएर बसिरहने र रगतको माध्यमबाट सबै अंगमा फैलिने भएकाले घातक हुने वायु प्रदुषण विज्ञ भुषण तुलाधार बताउँछन् ।

यदि, काठमाडौंको वायु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार हुने हो भने औसत आयु ४।६ वर्षले बढ्ने तुलाधारको भनाइ छ । वायुको गुणस्तर ३० प्रतिशत मात्रै सुधार गर्ने हो भने पनि १।२ वर्ष आयु बढ्न सक्ने उनी बताउँछन् ।

जाडोमा प्रदूषण किन बढी ?
वर्षा याममा काठमाडौंका विभिन्न स्थानमा प्रदूषणको मात्रा २० एक्यूआईभन्दा कम मापन भएको वातावरण विभागको रेकर्ड छ । विभागका अनुसार डढेलो लाग्ने मौसममा देशभरको वातावरण अधिक्तम प्रदूषित हुन्छ । गतवर्ष चैत महिनामा काठमाडौंमा वायु प्रदूषणको मात्रा २२२ देखि २७५ एक्युआईसम्म मापन भएको थियो ।

जाडोयाममा हावा बढी नचल्ने कारणले पनि वायु प्रदूषण बढ्ने विज्ञहरू बताउँछन् । प्रदूषण गराउने तत्वहरू चिसोका कारण माथिल्लो वायुमण्डलसम्म जान नसक्ने र तलै घुमिरहने भएकाले पनि डिसेम्बरदेखि केही महिना प्रदूषण बढ्ने वातावरण विभागका उप महानिर्देशक तारादत्त भट्ट बताउँछन् ।

मौसमको जस्तो पूर्वानुमान प्रणाली नभएका कारण कहिलेसम्म प्रदूषण बढ्छ वा कतिसम्म पुग्न सक्छ भनेर आंकलन गर्न नसकिने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीमा पुनः बाढी आएपछि धुञ्चेसम्म त्रास, स्थानीय सुरक्षित स्थानमा गए

भोटेकोसीमा आएको बाढीले आधा घण्टामै त्रिशूलीको जलसतह ३ मिटर बढ्यो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu