ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केपी शर्मा ओलीलाई प्रवेश निषेध गर्ने योजनाप्रति कोशी एमालेको आपत्ति


एबीसी न्यूज
२० मंसिर २०८०, बुधबार   ४ : १२   बजे

काठमाडौं, २० मंसिर । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कोशी प्रदेशमा ‘प्रवेशमा रोक लगाउने’ भन्दै गरिएको प्रचारप्रति नेकपा एमाले कोशी संसदीय दलले तीव्र विरोध गरेको छ।

बुधबारको प्रदेशसभा बैठकमा दलको तर्फबाट विशेष समय लिएर बोल्दै एमाले सांसद तिलकुमार मेन्याङ्बोले मुलुकका पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्षलाई प्रवेशमै निषेध गरिनेछ भन्ने चर्चा दुःखद् र संविधानविरोधी कदम भएको बताएका हुन्।

एमाले यतिबेला मेची महाकाली यात्रामा छ। त्यसक्रममा कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने भन्दै प्रदेशमा आन्दोलनरत संघ संस्थाहरुले ओलीलाई प्रदेशको पहाडी भू–भागमा प्रवेश निषेध गर्ने बताउँदै आएका छन्।

उनीहरुको यस्तो भनाइ संविधान प्रदत्त अधिकारको उल्लघन भएको एमालेको ठहर छ।

‘मुलुकभित्रै आवतजावत गर्न पनि निषेध गरिनेछ भन्ने चर्चा दुखद् छ। यस किसिमको अलोकतान्त्रिक कदम अगाडि नबढाउन म आग्रह गर्दछु,’ मेन्याङ्बोले भने।

सांसद मेन्याङ्बोले एमाले मुलुकको समृद्धिका लागि पहाडी क्षेत्रलाई अझै उन्न्त तुल्याउन मेची महाकाली यात्रामा रहेका बेला अलोकतान्त्रिक कदम नचाल्न आन्दोलनकारीलाई भनेका छन्।

‘लोकतान्त्रिक विधि र प्रक्रियाबाटै सबै अघि बढ्नुपर्छ। अलोकतान्त्रिक रुपमा अघि बढेर हुँदैन’, उनले आग्रह गरेका छन्।

कोशी नाम खारेजीको माग गर्दै ‘प्रदेश नं १ पुनः नामांकन संयुक्त संंघर्ष समिति’ ले कोशी नामका पक्षमा मतदान गर्ने प्रदेशका नेताहरुलाई विभिन्न ठाउँमा प्रवेश निषेध गर्ने बताउँदै आएको छ। त्यसबाहेक एमालेका नेताहरूमाथि ठाउँ–ठाउँमा आक्रमण गर्दै आएको छ। केही अघि ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराईमाथि पनि आक्रमण भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group