ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यार्थीलाई न्यानो ड्रेस


एबीसी न्यूज
२० मंसिर २०८०, बुधबार   ८ : १७   बजे

दैलेख , २० मंसिर । दैलेखको नारायण नगरपालिका वडा नं. ३ भूर्ति स्थित पञ्च देवल प्रा.वि.का विद्यार्थीहरूका लागि न्यानो ड्रेस प्राप्त भएको छ । नौमूले गाउँपालिका सल्लेरी निवासी हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्नुभएका मानेन्द्र चन्दले यहाँका विद्यार्थीहरूका लागि ८८ थान ड्रेस उपलब्ध गराएका हुन् । आफूले गरेको कामको केही अंश सामाजिक सेवा लगाउने उद्देश्यका साथ गरिब र विपन्न विद्यार्थीहरूलाई लामो समयदेखि सहयोग गर्दै आएका चन्दले दलित समुदायका विद्यार्थीहरू अध्ययन गर्ने उक्त विद्यालयमा सहयोग गरेका हुन् ।

विद्यार्थीहरूलाई सुट र ट्राउजर पठाएका उनको सामान एविसी टेलिभिजन काठमाडौँका सहसम्पादक कविराज बि.सी. र एविसी टेलिभिजनकै ब्युरो प्रमुख रवीन्द्र पौडेलले सामान बुझेर दैलेखका लागि पठाएका छन् । केन्द्रीय कार्यालय डिल्लीबजारबाट दैलेखि सेवा समाजका अध्यक्ष प्रताव शाहीले उत्त सामान हस्तान्तरण गरेका हुन् ।

सेवा समाजमार्फत विद्यार्थीहरूका लागि आवश्यक पर्ने विभिन्न सामानहरू लामो समयदेखि वितरण गर्दै आएको मानेन्द्र चन्दले जानकारी दिएका छन् । जन्मभूमि दैलेख भएकोले अतिरिक्त काम गरेको रकम दैलेखका विभिन्न विद्यालयमा सहयोग गर्दै आएका मानेन्द्र चन्दलाई धमाका दैनिकका सम्पादक विष्णु शर्माले सबै दलित समुदाय रहेको र यहाँका बालबालिकालाई चिसोमा समस्या भएको जानकारी गराएपछि उनले सहयोग गरेका थिए ।

दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाही लामो समयदेखि समाज सेवामै आबद्ध छन् , जिल्लाका आम नागरिकहरूलाई परेका सवै खाले समस्या समाधानमा उनी रातदिन खट्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu