ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१४ किलो सुन प्रकरण छानबिनका लागि भन्सारले बनायो समिति


एबीसी न्यूज
२२ मंसिर २०८०, शुक्रबार   १२ : ४६   बजे

काठमाडौं, २२ मंसिर । बिहीबार राति दुबई हुँदै आएका गोरखाका चन्द्र घलेबाट बरामद १४ किलो सुन प्रकरण छानबिनका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले छानबिन समिति बनाएको छ।

प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा उक्त ६ सदस्यीय समिति बनाइएको हो। यो समितिलाई ५ दिनको कार्यादेश दिइएको छ।

समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लु प्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य रहेका छन्।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति विशेष सुराकीको आधारमा करिब १४ किलो सुन बरामद गरेको थियो।

बिहीबार राति ११।४० बजे फ्लाई दुबईको उडान नं। एफजेड ५७३ बाट आएका राहदानी नं। पीए ०१४५४८८ भएका नेपाली नागरिक चन्द्र घलेको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको थियो।

काठमाडौं, २२ मंसिर । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुखसहितको टोलीले विमानस्थल सुरक्षा कार्यालयको सहयोगमा गोरखाका घलेलाई नियन्त्रणमा लिई खानतलासी गरेको थियो।

त्यसक्रममा बिस्कुट आकारको ७ थान करिब १४ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

उक्त कार्यमा चन्द्र घले र गोरखा स्थायी ठेगाना भएका मीनबहादुर घले पनि संलग्न रहेको पाइएपछि पक्राउ गरेर भन्सार कार्यालयले अनुसन्धान अघि बढाएको छ।

सुन जस्तो देखिने पहेँलो धातु परीक्षणका लागि भन्सार विभाग पठाइएको प्रमुख भन्सार प्रशासक डा। टोकराज पाण्डेले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group