ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समितिमा परराष्ट्रमन्त्रीको जवाफ – अर्थले स्वीकृति दिएर दूतावास खोलेको हो, चिन्ता नलिनोस्


एबीसी न्यूज
२२ मंसिर २०८०, शुक्रबार   ४ : १८   बजे

काठमाडौं, २२ मंसिर । परराष्ट्रमन्त्री एनपी साउदले अर्थ मन्त्रालयको स्वीकृति लिएर नै पोर्चुगलमा नयाँ नेपाली दूतावास खोल्ने निर्णय भएको बताएका छन् ।

संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकमा सांसदहरूले देशमा आर्थिक मन्दी चलिरहेका बेला नयाँ दूतावास खोल्नेको औचित्य पुष्टि गर्न भनेपछि उनले उक्त कुरा बताएका हुन् ।

“विदेशमा रहेका नेपालीलाई सेवा दिने, व्यक्तिगत सामाजिक सुरक्षामा ध्यान दिनु सरकारको दायित्व हो,” परराष्ट्रमन्त्री साउदले संसदीय सुनवाइ समितिको बैठकमा भने, “आर्थिक प्रश्न उठ्यो त्यो जायज हो । अर्थ मन्त्रालयले स्वीकृति दिएर दूतावास खोलेको हो । तलबलगायत अन्य कुरामा चिन्ता नलिन अनुरोध गर्छु ।”

विदेशमा नेपालीको संख्या फैलिदै गएको उनले बताए । सबैले क्षमता अनुसारको काम पाएको पनि उनले जनाए । १५ प्रतिशतभन्दा बढी श्रमयोग्य मानिस देश बाहिर रहेको तथ्य उनले प्रस्तुत गरे ।

“एउटा दूतावासमा तीनजनासम्म कर्मचारीको दरबन्दी छ । कहीँ पाँच–सातसम्म दरबन्दी छ । यसलाई कसरी अधिकतम प्रयोग गर्ने भन्ने छ,” परराष्ट्रमन्त्री साउदले भने ।

उनले २८३ दरबन्दीमा ४० वटा मिसन, कन्सुलर सेवा विभाग, राहदानी विभाग र सिंगो मन्त्रालय चलाउनु परेको उनले बताए ।

“दूतावास र कर्मचारीको बारेमा समितिको निर्देशनलाई मध्यनजर गरेर अघि बढ्नु छ । यसले दूतावासस कहाँ कहाँ राख्ने भनेर प्रतिवेदन दिएपछि अझ अघि बढ्नेछौँ,” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu