ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महतोले गरे बैठक बहिष्कार, भन्छन्– ठाकुर कांग्रेसमा हुँदा लाठी खाएका नेतालाई बाहिर राखियो


एबीसी न्यूज
२४ मंसिर २०८०, आइतबार   १ : ३०   बजे

काठमाडौं, २४ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी लोसपामा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच विवाद चर्किएको छ । वरिष्ठ नेता महतोले आज केन्द्रीय समितिको बैठक बहिष्कार गरेका छन् ।

काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बैठक केही बेरमा सुरु हुँदै छ । तर, महतोनिकट एक पदाधिकारीका अनुसार झन्डै ५० प्रतिशतभन्दा बढी नेता बैठकस्थलमा पुगेका छैनन् ।

केन्द्रीय समितिमा पुराना नेताहरूलाई ठाकुरले नसमेटिएको भन्दै महतोले आपत्ति जनाएका हुन् ।

“केन्द्रीय समिति र कार्यकारिणी समिति दुई वर्ष लगाएर बनाइयो । तर, पुराना काम गरेका नेता–कार्यकर्ताहरूलाई राखिएको रहेनछ । मधेसको लागि लड्नेहरूलाई छोड्नुभएको रहेछ भनेर मैले दुई महिनाअघि कार्यकारिणी समिति बैठकमा हुँदैन भनेर विरोध गरेको थिएँ,” महतोले बाह्रखरीसित भने ।

उनले ठाकुर नेपाली कांग्रेसमा हुँदा नै मधेसका निम्ति लड्ने नेताहरूलाई पाखा लगाइएको आरोप लगाए ।

“तपाईं ९महन्थ ठाकुर० जति बेला कांग्रेसमा हुनुहुन्थ्यो, उनीहरू त्यति बेला लाठी, जुत्ता खाइरहेका थिए, यसरी छाड्न मिल्दैन, सम्मान गर्नुपर्छ भनेको थिएँ,” उनले भने, “उहाँ ९महन्थ ठाकुर०ले ठिक छ, म सुधार गर्छु भन्नुभयो । तर, अझै सुधार भएको रहेनछ । नभएपछि मैले विरोध गरेको हुँ ।”

गएको असोज ८ गते लोसपामा ३११ सदस्यीय केन्द्रीय समिति गठन गरिएको थियो । समितिमा ६३ पदाधिकारी थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group