ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानवअधिकार आयोगको – संसद्‌मा सिद्धान्त अनुसार प्रतिनिधित्व हुन सकेन


एबीसी न्यूज
२४ मंसिर २०८०, आइतबार   १ : ३३   बजे

काठमाडौं, २४ मंसिर । राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा समानुपातिक समावेशी अवधारणा कार्यान्वयन फितलो रहेको निष्कर्ष निकालेको छ ।

समानुपातिक समावेशी अवधारणा कार्यान्वयन फितलो हुँदा संविधान र प्रचलित कानुनले परिकल्पना गरेअनुसारको प्रतिनिधित्व प्रतिनिधिसभा र प्रदेशसभामा हुन सकेको समेत आयोगले जनाएको छ ।

“नेपालको संविधान र निर्वाचनसम्बन्धी कानुनहरूले समानुपातिक प्रतिनिधित्व र समावेशीकरणको सिद्धान्तलाई अंगीकार गरेको छ । राज्यको शासन प्रणालीमा लिंग, वर्ग, जाति, क्षेत्रको समानुपातिक प्रतिनिधित्व रहनुपर्ने व्यवस्था छ । समानुपातिक समावेशी सिद्धान्तको आधारमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको उमेदवारी र निर्वाचित परिणाम हेर्दा अझै पनि संविधान र प्रचलित कानुनहरूले परिकल्पना गरेअनुसारको प्रतिनिधित्व हुन सकेको देखिँदैन,” आयोगले हालै सार्वजनिक गरेको आफ्नो २३औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

०७९ मंसिरमा सम्पन्न निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गतको उमेदवारको सूची हेर्दा प्रतिनिधिसभा सदस्यमा ६१ क्षेत्रमा महिला उमेदवारी नै दर्ता हुन नसकेको आयोगले जनाएको छ ।

संघीय निर्वाचनका निम्ति देशभरबाट कुल दुई हजार ५०२ जनाको उमेदवारी परेकामा पुरुषको संख्या दुई हजार २६९ र महिलाको संख्या २३३ रहेको देखिन्छ । प्रतिनिधिसभामा विजयी उमेदवारमध्ये महिलाको संख्या ४।८४ प्रतिशत र पुरुषको ९५।१६ प्रतिशत छ ।

प्रदेशसभा सदस्यका निम्ति कुल तीन हजार ४३६ जनाको उमेदवारी परेकामा तीन हजार १३९ पुरुष, महिला २९६ र अन्य एकजना थिए ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत कोसी प्रदेशमा कुल विजयी उमेदवारमध्ये महिला ६।५१ प्रतिशत र पुरुष ९३।४९, मधेस प्रदेशमा महिला ७।८१ र पुरुष ९२।१९, वाग्मती प्रदेशमा महिला ७।५७ र पुरुष ९२।४२ प्रतिशत विजयी भएका थिए ।

यस्तै, गण्डकी प्रदेशमा महिला २।७७ प्रतिशत र पुरुष ९७।२२, लुम्बिनी प्रदेशमा महिला १।९२ र पुरुष ९८।०७, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत पुरुष मात्र विजयी भएका थिए ।

“यसरी हेर्दा, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मत परिणामको संख्या तुलना गर्दा प्रतिनिधि र प्रदेशसभा दुवैमा महिला उमेदवारहरू निकै कम मात्र विजयी भएको पाइन्छ । पिछडिएका वर्गको समेत सम्मानजनक प्रतिनिधित्व हुन सकेको देखिँदैन,” आयोगले प्रतिवेदनमा भनेको छ ।

पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गतको उमेदवारीलाई हेर्दा वाग्मती प्रदेशमा थारुको जनसंख्या १।६६ प्रतिशत रहेकामा उमेदवारी न्यून छ । लुम्बिनी र सुदूरपश्चिममा १५।१८ र १७।२१ प्रतिशत थारुको जनसंख्या रहेकामा क्रमशः ७।२७ र ७।७७ प्रतिशत उमेदवारी दिएको देखिन्छ ।

“दलितको भने सातै प्रदेशमा जनसंख्याको तुलनामा निकै कम संख्यामा उमेदवारी परेको पाइएको छ,” प्रतिवेदनमा उल्लेख छ ।

आधाभन्दा बढीको संख्यामा रहेका महिला ३३ प्रतिशतमा र १४ प्रतिशतको हाराहारीमा रहेका दलित समुदायबाट प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा मात्र एक÷एकजना निर्वाचित भएका छन् ।

“ठूलो संख्यामा रहेका अन्य समुदायको प्रतिनिधि एक अंकमै सीमित रहनु तथा दर्जनौँ अल्पसंख्यक समुदाय र १० जातिका लोपोन्मुख समुदायको प्रतिनिधित्व शून्य हुनुले समानुपातिक अवधारणा कार्यान्वयन फितलो देखिन्छ,” आयोगले भनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group