ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिटरब्याज आयोगको म्याद सकियो, २२ हजार उजुरी बाँकी


एबीसी न्यूज
२५ मंसिर २०८०, सोमबार   १ : ५५   बजे

काठमाडौं, २५ मंसिर । अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी आयोगको म्याद सकिएको छ।  यस अवधिमा आयोगले २८ हजार उजुरी संकलन गरेको छ। तीमध्ये ५ हजार २ सय उजुरी मिलापत्रबाट टुंग्याएको छ।  बाँकी २२ हजार उजुरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयले टुंग्याउने गरी अधिकार दिन आयोगले सिफारिस गरेको छ।

यस्तै अधिकतम मिटरब्याज पीडितले वैदेशिक रोजगारीमा जानका लागि महँगोमा ऋण लिएको पाइएकाले सरकारलाई फ्री भिसा फ्री टिकटको व्यवस्था प्रभावकारी कार्यान्वयन गरी साहुसम्म जानु नपर्ने बनाउन आयोगले भनेको छ।

विदेशबाट माग भई आएको कामदारको कोटामा सरकारले नै शुल्क किटान गरेर स्थानीय सरकारमार्फत् वैदेशिक रोजगारीमा जाने व्यक्ति यकिन गर्न पनि आयोगको सुझाव छ।

यस्तै उपचारका लागि सारा श्रीसम्पत्ति साहुलाई बुझाउनुपर्ने अवस्थाको अन्त्य गर्न एक हजार रुपैयाँमै स्वास्थ्य बिमा गर्न र जुनसुकै अस्पतालमा जाँदा पनि उपचार सहजरूपमा पाउने व्यवस्था गर्न पनि आयोगले सुझाएको छ। उपचारको शुल्क भने सरकारले तोकिदिनुपर्ने आयोगले तयार पारेको प्रतिवेदनमा उल्लेख छ।

‘आयोगको म्याद सकियो,’ अध्यक्ष गौरीबहादुर कार्कीले नेपालखबरसँग भने, ‘प्रतिवेदन बुझाउनका लागि गृहमन्त्रीज्यूसँग समय मागेका छौँ। उहाँ अहिले बिरामी हुनुभएकाले जहिले समय मिल्छ, त्यही दिन हामी प्रतिवेदन बुझाउँछौँ।’

सरकारले गत वर्षको चैत २० गते विशेष अदालतका पूर्वअध्यक्ष कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो।

आयोगको म्याद गत असारमा सकिएको थियो। त्यसपछि सरकारले मंसिर २५ सम्मका लागि पुनः म्याद थप गरेको थियो।

आयोगमा करिब २८ हजार निवेदन परेका थिए। निवेदन दिन ७७ जिल्ला प्रशासन कार्यालयमा पीडित सहायता कक्ष खडा गरिएको थियो। निःशुल्क रूपमा कर्मचारीले नै निवेदन फाराम भराइएको थियो।

मधेसका ८ जिल्लामा २१ हजार ५३५ र पश्चिम नवलपरासीमा १ हजार ८६२ गरी ९ जिल्लामा मात्र २३ हजार ३९७ तेइस हजार बढी निवेदन परेका थिए।

सबैभन्दा बढी बारा जिल्लामा ३ हजनार ३५३ निवेदन परेका थिए। अनुचित लेनदेनको केन्द्र नै मधेश प्रदेश र पश्चिम नवलपरासी देखिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu