काठमाडौं, २५ मंसिर । राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति हालसम्म पाँच दलले दर्ताको निवेदन दिएका छन् । दर्ताका निम्ति आह्वान गरिएको दोस्रो दिन सोमबार दिउँसो १ः३० बजेसम्म पाँच दलले निवेदन दिएका निर्वाचन आयोगले जानकारी गराएको छ ।
दल दर्ताको निवेदन दिनेमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, जनमत पार्टी र नेपाल मजदुर किसान पार्टी नेमकिपा छन् ।
आउँदो माघ ११ गते हुने निर्वाचनका निम्ति आइतबारदेखि दल दर्ता सुरु गरिएको हो । दर्ताका निम्ति आयोगले मंसिर २९ गतेसम्मको समय तोकेको छ ।
फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।







प्रतिक्रिया दिनुहोस्