ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केपी शर्मा ओलीले- आन्तरिक र बाह्य शक्ति मिलेर एमालेलाई फुटाए, सरकारबाट हटाए


एबीसी न्यूज
२५ मंसिर २०८०, सोमबार   ३ : ०८   बजे

काठमाडौं, २५ मंसिर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन्।

सोमवार मध्यपहाडी संकल्प यात्राको क्रममा सिन्धुपाल्चोकको खाडीचौरमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले पार्टीले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने स्पष्ट देखिएको बताएका हुन्। उनले देश विकास र दिगो रक्षाको लागि देशभक्त,सुशासन,शान्ति, विकास प्रेमि र जनताका समस्या हेर्ने पार्टी नेकपा एमालको एकल बहुमतको सरकार बन्न आवश्यक रहेको बताए।

अध्यक्ष ओलीले एमालेलाई आन्तरिक र वाह्य शक्तिहरु मिलेर सरकारबाट हटाए र पार्टी फुटाए पनि पार्टीलाई कमजोर पार्ने सपना पुरा नभएको बताए।

उनले भने, ‘उनले भने, ‘नेकपा एमाले सरकारमा भएको बेलामा दुनियाँले रोक्दा रोक्दै पनि एमालेले गरेका कामबाट स्पष्ट हुन्छ। अब यो देशमा कुनै वैकल्पिक शक्ति छैन। एमालेलाई आन्तरिक र वाह्य शक्तिहरु मिलेर सरकारबाट हटाए। हाम्रो पार्टी फुटाए। पार्टीलाई कमजोर पार्ने मात्रै होइन धुलो चटाउँछौं र भित्तामा टाँसिदिन्छौं भने पार्टी चक्नाचुर हुन्छ भने तर त्यो उनीहरुको सपना थियो।’

उनले अब एमाले फेरि उठेर देशको लोकप्रिय पार्टी बनेको भन्दै अब लोकप्रिय मात्रै नभए बहुमत सहितको सरकार बनाएर बलियो शक्ति बन्ने बताए। उनले अब कुनै भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि पार्टी पंक्तिलाई अगाडि बढ्न आवश्यक रहेको बताए।

उनले राष्ट्रिय हित र जनताको समस्या बुझ्ने पार्टी एमालेबाहेक अरु हुन नसक्ने बताए।

ओलीले भने, ‘एमाले फेरि उठेर देशको लोकप्रिय पार्टी बनेको छ। अब लोकप्रिय पार्टी मात्रै भएर पुगेन। यस लोकप्रिय र देशभक्त, सुशासन, शान्ति, विकास प्रेमि र जनताका समस्या हेर्ने पार्टीको एकल बहुमतको सरकार नभइ देशलाई स्थायी रुपमा दिगो रुपमा रक्षा गर्न र अगाडि बढाउन सकिँदैन। समृद्ध बनाउन सकिदैन भन्ने कुरा स्पष्ट भएको छ। मिसन ८४ को सपना खास गरी होइन।’

उनले समृद्ध नेपाल सुखी नेपालीको सपना मिसन ८४ भन्दा पनि पिस्कर काण्डदेखि देखिएको सपना भएको उल्लेख गरे। उनले मुलुकमा नेकपा एमाले बाहेकको अरु कुनै वैकल्पिक शक्ति नभएको स्पष्ट पारे।

‘उहिले नै जब पिस्करमा गोली हानेर इलो थापी र वीरबहादुर थामीको निर्ममतापूर्वक हत्या भएको थियो’ उनले भने, ‘अब डराउने र अल्मलिने अवस्था छैन। विकास निर्माणका कामहरुलाई युद्ध स्तरमा अगाडि बढाएका छौं।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu