ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिउँदयाममा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण


एबीसी न्यूज
२६ मंसिर २०८०, मंगलबार   १२ : २९   बजे

काठमाडौं, २६ मंसिर । जल तथा मौसम विज्ञान विभागले हिउँद अवधि (मंसिर १५ देखि फागुन १७ गते)का लागि गरेको वर्षाको आँकलन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयाममा बागमती प्रदेशदेखि पश्चिमी भेगका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको हो । मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा भने सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण छ । तापक्रम भने गत वर्षको हाराहारीमै हुने प्रक्षेपण छ ।नेपालमा मंसिर १५ गतेदेखि फागुन १७ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ । यो अवधिमा ६०.१ मिलिमिटरसम्मको वर्षालाई सरदर मानिएको छ ।
यो वर्ष सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण रहेको जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले जानकारी दिइन् । गत वर्ष मध्य तथा पश्चिम क्षेत्रमा बढी वर्षा भएको थियो भने कोशी, मधेश र बागमती प्रदेशमा कम वर्षा भएको थियो ।

यो हिउँदयाममा तापक्रम भने गत वर्षको जस्तै रहने सामान्य प्रक्षेपण छ । लुम्बिनी, बागमती, मधेश र कोशी प्रदेशतिर सरदरभन्दा कम जाडो हुने छ ।

‘अधिकतम तापक्रम सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका मध्य तथा उत्तरी भू–भागमा सरदर वा सरदरभन्दा कम हुने र बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना छ । न्यूनतम तापक्रम कर्णाली, गण्डकी र कोशी प्रदेशका उत्तरी भू–भागमा सरदर वा सरदरभन्दा कम र बाँकी भू–भागमा सरदरभन्दा बढी रहने सम्भावना छ,’ अर्का मौसमविद सुदर्शन हुमागाईंले भने ।

आँकलनको आधार

जल तथा मौसम विभागले विश्व मौसम संगठन र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले गरेको आँकलनका आधारमा नेपालको हावापानीको अवस्था विश्लेषण गर्दछ । साथै नेपालको हिउँद अवधिको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एन्सो ९एल निनो र आसलेसन०, हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था, जलवायु प्रारुपहरुको हिउँद अवधिकारीको आँकलन र अन्तरऋतु परिवर्तनशीलताका कारकहरुलाई समेत विश्लेषण गरिन्छ ।

विभागका अनुसार हाल प्रशान्त महासागरमा एल निनोको अवस्था छ र आगामी हिउँद अवधिमा पनि एल निनो कायम रहने आँकलन गरिएको छ । त्यसैगरी हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय सामुद्रिक तापक्रम सूचक हाल धनात्मक रहेको र हिउँद अवधिको अन्त्यतिर तटस्थ रहने आँकलन गरिएकाले वर्षा र जाडो बढी हुने प्रक्षेपण गरिएको हो ।

यद्यपि ऋतुगत जलवायु विभिन्न सामुद्रिक तथा वायुमण्डलीय प्रणालीहरुमा भूउपयोग जस्ता कुराहरुमा निर्भर रहने भएकाले यस्ता प्रणाली ऋतु परिवर्तन हुने समयमा परिवर्तन हुने भएकाले आँकलन गरिएको भन्दा थोरै तलमाथि पनि हुन सक्ने विभागले जनाएको छ ।

अधिकतम तापक्रमको आंकलन

विभागका अनुसार गण्डकी प्रदेशका दक्षिणी भूभाग, बागमती प्रदेशका पश्चिमी भूभाग, मधेश प्रदेशका पूर्वी तथा पश्चिमी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म छ ।

यसैगरी सुदूरपश्चिम तथा कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, बागमती प्रदेशका मध्य तथा पूर्वी भूभाग, मधेश प्रदेशका मध्य भूभाग र कोशी प्रदेशका मध्य तथा उत्तरी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

सुदूरपश्चिम प्रदेशका पूर्वी तथा उत्तरी भूभागमा अधिकतम तापक्रम सरदर र बाँकी भूभागमा सरदरभन्दा कम हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

न्यूनतम तापक्रमको आँकलन

कर्णाली प्रदेशका दक्षिण पूर्वी भूभाग, लुम्बिनी प्रदेशका उत्तर पश्चिमी भूभाग, गण्डकी प्रदेशका दक्षिण पूर्वी भूभाग, बागमती प्रदेशका पश्चिमी भूभाग मधेश प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका पश्चिमी भूभाग, लुम्बिनी प्रदेशका दक्षिणी भूभाग, बागमती प्रदेशका पूर्वी भूभाग, मधेश प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका मध्य तथा उत्तरपूर्वी भूभागमा सदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

कर्णाली प्रदेशका मध्य–उत्तरी ूभागमा न्यूनतम तापक्रम सरदर हुने र बाँकी भूभागमा सदरभन्दा कम हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group