ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद कोइरीविरुद्धको ज्यान मुद्दामा महोत्तरी अदालतमा ३ दिनदेखि निरन्तर सुनुवाइ


एबीसी न्यूज
२६ मंसिर २०८०, मंगलबार   १ : ५५   बजे

काठमाडौं, २६ मंसिर । सशस्त्र प्रहरीका सहायक निरीक्षक असई थमन बिकको हत्या सम्बन्धि मुद्दामा जिल्ला अदालत महोत्तरीमा एमाले सांसद लक्ष्मी महतो कोइरीविरुद्ध तीन दिनदेखि निरन्तर सुनुवाइ चलिरहेको छ। मंगलबार पनि कोइरीविरुद्धको मुद्दामा सुनुवाइ जारी छ।

जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलासमा अहिले पनि कोइरीविरुद्धको मुद्दामा सुनुवाई भइरहेको जिल्ला सरकारी वकिल कार्यालय महोत्तरीका प्रमुख पदमप्रसाद वस्तीले जानकारी दिए।

२०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा घाइते भएका सशस्त्र प्रहरीका असई बिकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर हत्या गरिएको थियो।

हत्यामा तत्कालीन मधेशवादी दलका नेता हाल एमालेका निलम्बित सांसद० लक्ष्मी महतो कोइरीको पनि संलग्नता रहेको भन्दै मुद्दा दायर भएको थियो। त्यतिबेला कोइरीसहित २८ जनाविरुद्ध ज्यान मुद्दा दायर भएको थियो।

जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ गते महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। असई विकका आफन्त प्रेमबहादुर विक जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनमा गएपछि जनकपुर उच्च अदालतले ०७७ मंसिर १९ गते महतोलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो। त्यसयता कानुनको नजरमा कोइरी फरार छन्।

अदालतको आदेशअनुसार घटनामा संलग्न केही व्यक्ति जेल सजाय भुक्तान गरिरहेका छन् भने केही अझै फरारको सूचीमा छन्। फरारमध्येका एकजना कोइरी पनि हुन्।

उनीविरुद्धको अर्को मुद्दा अहिले पनि उच्च अदालत जनकपुरमा विचाराधीन अवस्थामा छ।

प्रहरीको फरार सूचीमा रहेका कोइरी २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।

प्रहरीको फरार सूचीमा रहेका कोइरीले वारेसमार्फत प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका थिए भने चुनाव जितेपछि प्रमाणपत्र पनि वारेसमार्फत नै लिएका थिए।

निर्वाचनपछि महोत्तरीका सार्वजनिक कार्यक्रममा नदेखिएका कोइरी संसद भवन नयाँवानेश्वरमा भएको सांसदको सपथ ग्रहण कार्यक्रममा भने सहभागी भएका थिए। त्यसपछिका केही संसद बैठकमा पनि सहभागी भएका कोइरी प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि भने फरार छन्।

महोत्तरी जिल्ला अदालतमा कोइरी विरुद्धको मुद्दाको अन्तिम सुनुवाई चलिरहँदा थमन बिककी पत्नी शोभा गहतराज न्यायको माग गर्दै काठमाडौँ आएकी छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group