ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसीसी यू–१९ एसिया कप क्रिकेट- नेपाललाई १० विकेटले हराउँदै भारत विजयी


एबीसी न्यूज
२६ मंसिर २०८०, मंगलबार   ३ : १९   बजे

काठमाडौं, २६ मंसिर । नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेटमा मंगलबार भारतसँग १० विकेटले पराजित भएको छ । ५३ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ७।१ ओभरमा ५७ रन बनाउँदै नेपालमाथि १० विकेटको जित हात पार्‍यो । यूएईमा भइरहेको प्रतियोगितामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल २२।१ ओभरमा ५२ रनमा अलआउट भएको थियो । यू–१९ मा नेपालको यो सबैभन्दा न्युन स्कोर हो । लगातार तेस्रो हार व्यहोर्दै नेपाल खेलको पहिलो चरणबाटै बाहिरएको छ ।

एसीसी यू–१९ एसिया कप क्रिकेट स् नेपाललाई १० विकेटले हराउँदै भारत विजयी
भारतको तर्फबाट अर्शिन कुलकर्नीले ३० बलमा ४३ र आदर्श सिंहले १३ बलमा १३ रन बनाए । नेपालको तर्फबाट गुल्सन झाले ४ ओभर बलिङ गर्दै ३३ रन खर्चिए ।

नेपालविरुद्ध भारतीय बलरलाई सुरुआतमा लय मिलाउन गाह्रो परेको थियो र उनीहरुले वाइड बल फालिरहे पनि नेपालले त्यसको फाइदा उठाउन सकेन् । भारतले अतिरिक्तमा मात्र १३ रन दिएको थियो, त्यसमा १२ वाइड थियो । नेपालबाट कुनै ब्याटरले दोहोरो स्कोर बनाउन सकेनन् । नेपाली इनिङ्समा केबल ४ चौका समावेश थियो ।

दशौं नम्बरमा ब्याटिङ गरेका हेमन्त धामीले नेपालबाट सर्वाधिक ८ रन बनाए । अर्जुन कुमाल र दीपक बोहरा ‘बी’ ले समान ७ रन बनाए । दीपक र दीपेश कँडेलले सातौं विकेटमा जोडेको १२ रन नेपाली इनिङ्सको सबैभन्दा ठूलो साझेदारी रह्यो । दीपेशले ४ रन बनाए । दीपक बोहरा ‘ए’ १, उत्तम थापामगर शून्य, कप्तान देव खनाल २, दीपक डुम्रे शून्य, सुवास भण्डारी २ रनमा आउट भए । आकाश चन्द ४ रनमा अविजित रहे ।

दाहिने हाते तीब्र बलर राज लिम्बानीले दुबईस्थित आइसीसी एकेडेमी मैदान २ मा ७ विकेट लिँदै नेपाली ब्याटिङक्रमलाई तहसनहस पारे । उनले ९।१ ओभरमा ३ मेडन राख्दै १३ रन खर्चेर उत्कृष्ट प्रर्दशन गरे । आराध्य शुक्लाले २ र अर्शिन कुलकर्नीले १ विकेट लिए ।

प्रतियोगितामा नेपालको पहिलो दुई खेल हारिसकेको छ । पाकिस्तानले शुक्रबार नेपाललाई पहिलो खेलमा सजिलै ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग आइतबार नेपाल ७३ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group