ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्राट् अशोक र मेरो भावनाबिच मेल खान्छ –प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
२६ मंसिर २०८०, मंगलबार   ३ : २३   बजे

काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सम्राट् अशोकसँग तुलना गर्दै बुद्धको दर्शन, शिक्षा, सन्देश विश्वभर फैलाउन सकिने आत्मविश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन्।

नवलपरासीको रामग्राममा मंगलबार आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धका सिद्धान्त, विचार र दर्शन अहिलेको सन्दर्भमा झन् बढी औचित्यपूर्ण भएको बताएका हुन्।

‘बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै पुराना हुँदैनन् । मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्त्व रहिरहन्छ। आजको सन्दर्भमा विश्वमा शान्तिको महत्त्व झन् बढ्न गएको छ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले केहीअघि राष्ट्र संघका महासचिवको भ्रमणले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरलाई विश्वव्यापी बनाउन सघाउ पुगेको पनि उल्लेख गरे।

‘मैले राष्ट्र संघका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रणा गरेको थिएँ। उहाँको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिबद्धता प्रस्तुत गर्नुभएको छ,’ उनले भने।

युद्धबाट शान्तिमा आएका आशोक र आफूबिच एक खालका संवेदना जोडिएको दाबी गर्दै उनले शान्ति र भगवान् बुद्धका शिक्षा आफूले इमान्दारितापूर्वक ग्रहण गर्ने विश्वास दिलाए ।

‘युद्धबाट शान्तिमा आएपछि शान्तिलाई विश्वव्यापी बनाउनका निम्ति सम्राट् अशोकसँग कहीँ न कहीँ मेरो एक खालको संवेदना जोडिएको कै पाउँछु । पहिलोपटक लुम्बिनी आउँदा मैले यो कुरा भनेको थिएँ । युद्धका एक कमान्डर अशोकले शान्तितिर आएर लुम्बिनीमा अशोक स्तम्भ राखेर बुद्धको सन्देश संसारभर लैजान पहल गरेकोबाट म उत्प्रेरित छु ।

यो कुरा साँचो हो मलाई त्यसबाट प्रेरणा प्राप्त छ । मैले यसअघि र अहिले विश्व समुदायमा शान्तिका लागि गरेको अपिलसँग अशोकको पहल र मेरो भावना मेल खाएको देख्छु । मानिसले विभिन्न अर्थ लगाउँछन् लोकतन्त्रमा भन्न सबैलाई छुट छ’, मंगलबार नवलपरासीको रामग्राममा आयोजित विश्व शान्तिको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ।

संवेदनशील भूमि रामाग्रामको स्तूपा अगाडि उभिएर शान्ति र भगवान् बुद्धका शिक्षा आफूले इमानदार र दृढतापूर्वक ग्रहण गर्न लागिराख्ने विश्वास उनले दिलाए । त्यति धेरै लडाइँबाट आएको मान्छेले बुद्धलाई स्थापित गर्न सक्छ भने आफू त एउटा सानो युद्धबाट आएको मान्छेले धेरै गर्न सक्छ भन्ने आत्मविश्वास रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group