ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगन्ज महानगरपालिकामा मेयर र उपमेयरका समर्थकबीच कुटाकुट


ABC NEWS
२६ मंसिर २०८०, मंगलबार   ४ : ५६   बजे

काठमाडौं २६ मंसिर । पर्साको वीरगन्ज महानगरपालिकाको कार्यालयमा मेयर र उपमेयरका समर्थकबीच कुटाकुट भएको छ । कार्यकक्ष सार्ने विषयलाई लिएर उत्पन्न विवादका बीच मेयर र उपमेयरका समर्थकबीच कुटाकुट भएको हो ।

मेयर राजेशमान सिंहको कार्यकक्ष केही दिन अगाडि महानगर परिसरको दक्षिणपट्टिको भवनमा सरेको थियो । मेयर अर्को भवनमा सरेपछि खाली भएको कोठालाई प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद पौडेलको कार्यकक्ष बनाइयो ।

त्यसअघि प्रमुख कार्यकारी अधिकृतको कार्यकक्ष उपमेयर इम्तियाज आलमको कार्यकक्षसँगै थियो । प्रमुख कार्यकारी अधिकृतको कार्यकक्ष सरेपछि खाली भएको कोठाको विषयलाई लिएर मेयर र उपमेयरबीच विवाद भएको महानगरपालिकाका एक कर्मचारीले जानकारी दिएका छन् ।

ती कर्मचारीका अनुसार प्रमुख कार्यकारी अधिकृतको कार्यकक्ष सरेपछि खाली भएको कोठामा मेयर सिंहले सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा राख्न खोजेका थिए । उक्त शाखा राख्ने तयारीअनुरुप सामानहरु व्यवस्थापन गर्न थालेपछि उपमेयरले अवरोध गरेका थिए ।

उपमेयर आलमले भने उक्त कोठा आफूले प्रयोग गर्न पाउनुपर्ने अडान राख्दै आएका छन् । आफूले प्रयोग गर्ने भनेको कोठा अर्कै प्रयोजनका लागि प्रयोग हुन थालेको भन्दै उपमेयर आलमले आफ्ना समर्थक नै बोलाएर अवरोध गरेका थिए । उपमेयरले आफ्ना समर्थक बोलाएपछि मेयरका समर्थक समेत महानगरपालिका कार्यालयमा पुगेका थिए ।

गत स्थानीय तहको निर्वाचनमा यहाँ कांग्रेस र जसपाबीच गठबन्धन भएको थियो । मेयरमा जसपाका सिंह र उपमेयरमा कांग्रेसका आलम विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group