काठमाडौ २७ मंसिर । भिजिट भिसामा नक्कली कागजात बनाएर विदेश पठाउने गिरोहमा एयरलाइन्स र अध्यागमनकै अधिकारी संलग्न रहेको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो र आज ४ जनालाई पक्राउ गरेपछि भिजिट भिसाका नाममा भइरहेको ‘मानव तस्करी’ को सेटिङको पोल बाहिर आएको छ ।
प्रहरीले यो धन्दामा संलग्न आरोपमा अध्यागमन विभागका अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका अधिकृत अर्विन यादव, नेवानीकै अर्का कर्मचारी होम पोखरेल र एजेन्ट पदम लामालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले ट्राभल एजेन्टको मिलेमतोमा विदेश जान चाहनेहरूलाई नक्कली सर्टिफिकेट, बैंक स्टेटमेन्ट, प्रहरी रिपोर्ट र नक्कली भिसा बनाइदिने गरेका थिए ।







प्रतिक्रिया दिनुहोस्