ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बारामा प्रहरीको गोली लागेर घाइते पुरुषको मृत्यु


एबीसी न्यूज
२७ मंसिर २०८०, बुधबार   ५ : ०३   बजे

बारा, २७ मंसिर । बाराको सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा एक जनाको मृत्यु भएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन हरीले हवाई फायर गर्दा टाउकोमा गोली लागेका पुरुषको नारायणी अस्पतालमा मृत्यु भएको हो । गोली लागेर घाइते अवस्थामा अस्पताल पुर्‍याइएका ती पुरुषको मृत्यु भएको नारायण अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चित्तरन्जन साहले जानकारी दिए । मृतकको पहिचान खुलेको छैन ।बुधबार नगरपालिका कार्यालय पुगेका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई आन्दोलनरत कर्मचारी र शिक्षकले आक्रमणको प्रयास गरेका थिए । उनीहरूले मेयरको गाडीमा तोडफोड गरे ।

त्यहीबेला प्रहरी र आन्दोलनरत कर्मचारी र शिक्षकहरूबीच धकेलाधकेल भएको थियो, प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिएको थियो । तर पछि आन्दोलनकारीहरूले थप दबाब बढाएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन टियर ग्यास र हवाई फायर गरेको एसपी सुरेन्द्रप्रसाद काफ्लेले जानकारी दिए ।‘प्रहरीले २०–२५ राउन्ड टियर ग्यास र हवाई फायर गर्‍यो । अहिले स्थिति नियन्त्रणमा छ,’ एसपी काफ्लेले भने । आन्दोलनका कारण दुई महिनायता नगरपालिकाबाट नियमित सेवा प्रवाह हुन सकेको छैन ।

मेयर साहसमेत नियमित नगरपालिका जाने गरेका थिएनन् । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसमेत थिएनन् ।बुधबार मेयर साहले एक साताअघि मात्रै पचरौता नगरपालिकाबाट सरूवा लिएका प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई हाजिर गराउन नगरपालिका पुगेका थिए । मेयर साह लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित हुन् । तर नगरसभामा नेपाली कांग्रेसको बहुमत छ । यसअघि मेयर साहले नगरसभा सम्पन्न भएको भनेर सार्वजनिक गरे पनि कांग्रेसका जनप्रतिनिधिहरूले भने नगरसभा नभएको भन्दै विरोध जनाउँदा विवाद उत्पन्न भएको हो । जनप्रतिनिधिको विवादले नगरपालिकाको काम कारबाही प्रभावित हुँदा कर्मचारी र शिक्षकहरू पनि आन्दोलित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group