ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राशि अनुसार नै थाहाहुन्छ प्रेम चरित्र


एबीसी न्यूज
२९ माघ २०७४, सोमबार   ६ : १६   बजे
 मेष

यो राशिका मानिसहरू प्रेमपिपासु हुन्छन् । यिनीहरू प्रेममा तृप्त हुँदैनन् भने एक्लै बस्न मन पराउँदैनन् । प्रेममा जातभात, उमेर केही पनि हेर्दैनन् । यद्यपि यिनीहरू कसैको नाजायज फाइदा लिँदैनन् । प्रेम एवं रोमान्सबिना यिनीहरूले तृप्ति प्राप्त गर्दैनन् ।

वृष 

यो राशिका मानिसहरू प्रेममा बढी उत्साही हुन्छन्, तर यिनीहरूको प्रेमको अन्त्य एकदमै दु:खद हुन्छ । वृष राशिका स्वामीहरू प्रेममा बढी भावुक एवं काल्पनिक हुन्छन् । यो राशिका मानिसहरू प्राय: एकतर्फी प्रेमको सिकार हुन्छन् । यिनको वैवाहिक जीवन सामान्य रहन्छ ।

मिथुन

मिथुन राशिका व्यक्तिहरूको प्रेम प्रसंग एकभन्दा बढीसँग चल्छ । यिनीहरू सदैव आफ्ना प्रेमी/प्रेमिकालाई खुसी देख्न चाहन्छन् । मिथुन राशिका मानिसहरू प्राय: कलाकार वा लेखकप्रति आकर्षित भएका पाइन्छन् । यौनमा बढी नै उत्सुक रहने भए पनि यौन जीवन संयमित नै हुन्छ ।

कर्कट

कर्कट राशिको प्रेम प्रसंग प्राय: एकततर्फी हुन्छ । यो राशिका स्वामीहरू प्रेममा कुनै प्रकारको बन्धन स्वीकार गर्दैनन् । यिनीहरू सदैव प्रेम चाहन्छन् । उपहारभन्दा पनि हाँसो, खुसीका साथ प्रेम अघि बढोस् भन्ने चाहन्छन् । यौनका मामिलामा सदैव कठिनाइ अनुभव गर्छन् ।

सिंह 

सिंह राशिका स्वामीहरू यौनमा विशेष रुचि राख्ने खालका हुन्छन् । प्रेमको साटो प्रेम नै चाहन्छन् तर सदैव त्यस्तो हुँदैन, जसले गर्दा चाँडै हतोत्साही हुन पुग्छन् । यिनीहरूको प्रेम एवं वैवाहिक जीवनको अन्त्य कुनै दु:खद नाटकझैं हुन सक्छ ।

कन्या

कन्या राशिको प्रेम प्रसंग प्रसन्नता एवं आदान–प्रदानमा बित्छ । मानसिक एवं शारीरिक दुवै रूपमा आकर्षित भए पनि यौनमा प्राय: कमजोर नै हुन्छन् । यिनीहरूको प्रेमको परिभाषामा परिवार तथा बालबच्चा पनि समेटिन्छ । कन्या राशिका स्वामीहरू आफूभन्दा पाका व्यक्तिप्रति आकर्षित हुन्छन् ।

तुला

तुला राशिका स्वामीहरू दयालु, बुुद्धिमान एवं सावधान व्यक्तिप्रति आकर्षित हुन्छन् । प्रेममा गम्भीर हुन्छन् । प्राय: प्रदर्शन चाहँदैनन् तर वफादार हुन्छन् । यिनीहरूको उन्नति प्रेम वा विवाहपश्चात् नै हुन्छ ।

वृश्चिक

वृश्चिक राशिका स्वामीहरू प्रेममा भ्रमको सिकार हुन सक्छन् । यिनीहरूको प्रेम सौन्दर्य एवं शारीरिक आकर्षणको विषय हुन्छ, तै पनि प्रेममा भयको वातावरण सदैव कायम रहन्छ । अरूप्रति विश्वास गर्न नसक्नु नै उनीहरूको प्रेममा विफलताको कारण हुन्छ । वृश्चिक राशि स्वामीहरू कोमल मनोवृत्तिका एवं प्रेमका भोगी हुन्छन् ।

धनु 

धनु राशिका मानिसहरू रोमान्टिक मनोवृत्तिका हुन्छन् । यिनीहरू महान् प्रेमी बन्न चाहन्छन्, तर विलासिता एवं विलासी व्यक्तिहरूलाई मन पराउँदैनन् । धनु राशिका स्वामीहरूको दृष्टिमा रोमान्स मनोरञ्जन मात्र नभएर सुखद सामाजिक सम्बन्ध पनि हो । यिनीहरू द्विस्वभाव मनोवृत्तिका हुनाले जीवनमा एकभन्दा बढी व्यक्तिको प्रभावमा हुन्छन् ।

मकर 

मकर राशिका मानिसहरू प्रेममा केही उदासीन हुन्छन् । प्रेमको अभावमा मानसिक तथा शारीरिक रूपमा अस्वस्थ्य रहन्छन् । यिनीहरूको दृष्टिमा प्रेम सुरक्षा तथा एकताको प्रतीक हो र यसले जीवनमा प्रसन्नता एवं सजीवता प्रदान गर्छ ।

कुम्भ

कुम्भ राशिका मानिसहरू विपरित लिंगीको आकर्षणको केन्द्र हुन्छन्, तर यिनीहरूको व्यवहार सुनिश्चित हुँदैन । यिनीहरू प्रेमलाई बौद्धिक स्वरूपमा ग्रहण गर्ने खालका हुन्छन्, तर अतिविश्लेषकवादी हुने हुँदा प्रवंचनाको सिकार बन्न पुग्छन् ।

मीन

मीन राशिका स्वामीहरू बढी नै रोमान्टिक हुन्छन् । यिनीहरूलाई सौन्दर्यले आकर्षित गर्छ । प्रेममा उत्तरदायी पनि हुन्छन्, तर प्रेमको छनौटमा सदैव असफल हुन्छन् । यौन जीवन रोमान्स एवं कल्पनाले भरिपूर्ण हुन्छ, तै पनि यौन र प्रेमको क्षेत्रमा भावुकताको सिकार बन्न पुग्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu