ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालकृष्ण खाणको निवेदनमा बहस सकियो, आदेश आउन बाँकी


एबीसी न्यूज
२८ मंसिर २०८०, बिहिबार   ४ : ११   बजे

काठमाडौं, २८ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको मुद्दाको निर्णायक सुनुवाइ उच्च अदालत पाटनमा सकिएको छ।

खाणका कानुन व्यवसायी र सरकारी वकिलहरू दुवै पक्षको बहस सकिएपछि अब न्यायाधीश कृष्णराम कोइरालाको इजलासबाट उक्त मुद्दाको निर्णय आउन बाँकी छ।

पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने या थुनामै राख्नेबारे यसअघि संयुक्त इजलासमा दुईजना न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको राय बाझिएको थियो।

त्यसपछि बिहीबारका लागि तोकिएको सुनुवाइबाट खाण थुनामै रहने वा धरौटीमा छुट्ने टुंगो लगाउन लागिएको हो।

सुनुवाइका क्रममा खाणको पक्षबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अधिवक्ताहरू सुरेन्द्र महतो, कृष्णप्रसाद सापकोटा, महादेव यादव र हरिहर दाहाल बहस गरिसकेका छन्।

त्यसैगरी अधिवक्ताहरू प्रेमबहादुर खड्का गोपालकृष्ण घिमिरे र विश्वनाथ खनालले पनि बहस गरे।

त्यसपछि उच्च सरकारी वकिलहरूले बहस गरेका छन्। सरकारी वकिलहरू महेश खत्री र शंकर खत्रीले बहस सकिसकेपछि खाँणका कानुन व्यवसायीले जवाफी बहस सकेका हुन्।

बहसका क्रममा खाणका कानुन व्यवसायीहरूले यसअघि न्यायाधीश पाण्डेको आदेश सदर गरी थुनामुक्त गर्न माग गरेका थिए।

उता दुईजना सरकारी वकिलहरूले खाणलाई थुनामै पठाउने गरी दिएको न्यायाधीश खरेलको आदेशलाई सदर गर्नुपर्ने जिकिर गरे।

त्यसपछि खाणको पक्षमा जवाफी बहस गरेका पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खाँतीले थुनामुक्त गर्नुपर्ने जिकिर गरे।

उनले खाणलाई थुनामा पठाउँदा उनको राजनीतिक करिअर सकिने बताउँदै बरु मुद्दाको अन्तिम छिनोफानो हुँदा दोषी ठहरिए बमोजिम गर्नुपर्ने तर्क गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group