ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेखर–गगन मिल्नासाथ दलको नेता परिवर्तन हुन सक्छ ? माहोल निर्माणमा जुट्दै


एबीसी न्यूज
२९ मंसिर २०८०, शुक्रबार   १२ : ४१   बजे

काठमाडौं, २९ मंसिर ।  लामो समयको अन्तरालपछि बुधबार नेपाली कांग्रेस शेखर समूहको बैठक बस्यो, जहाँ नेताहरूले मन माझामाझ गरेको दाबीबीच समूहका एक नेता गगनकुमार थापाको अभिव्यक्ति यतिबेला चर्चाको शिखरमा छ ।

टिमका नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापाका निकट नेताहरूको भनाइमा, थापाले संसदीय दलको नेता परिवर्तन गर्नुपर्नेमा स्पष्ट धारणा राखेका छन् । जसका लागि आफूले त्याग गर्न पछि नपर्ने भन्दै थापाले कोइरालालाई संसदीय दलको नेतामा प्रस्ताव गरेका छन् ।

थापा २०७९ पुस ६ गते संसदीय दलको नेतामा पराजित भएका थिए । संस्थापनइतर समूहबाट चुनाव लडेका थापा पार्टी सभापति शेरबहादुर देउवासँग ३९ मतान्तरले दलको नेतामा पराजित हुनुपरेको थियो ।

थापालाई त्यसबखत आफ्नै टिमबाट समेत धोका भएको थियो । अर्थात् उनले टिमकै मत पनि पाएनन् र दलको नेतामा निराशा भोग्नुपरेको थियो । त्यसयता पनि थापाले निरन्तर दलको नेता बदल्ने आफू प्रयासरत रहने सार्वजनिक मञ्चबाट बताउँदै आएका छन् ।

२३ असार २०८० काठमाडौंको बूढानिलकण्ठमा आयोजित कार्यक्रममा उनले आफू एक पटक पार्टीको संसदीय दलको नेतामा पराजित हुँदैमा नथाकेको बताएका थिए । उनले थापाले आफू प्रधानमन्त्री बन्ने प्रयासमा रहेको भन्दै संसदीय दलको नेता विधिसम्मत् परिवर्तन गरिछाड्ने भनेका थिए ।

“म त क्लियर छु हेर्नुस्, विधिभित्रै रहेर यो कुरा गरिरहेको छु । म कांग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोसिस गरेको हुँ । मैले सबै साथीहरुको मन चित्त त बुझाउन सकिनँ । तर म थाकेको छैन, हारेको छैन,” थापाले भनेका थिए, “कांग्रेसले प्रधानमन्त्री बनाउन पाउने अवस्था आउँदा भूतपूर्व भइसकेकालाई प्रधानमन्त्री बन्न दिनु हुँदैन । त्यसकारणले गर्दा फेरि कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु । त्यसलाई बदल्न सके आफू बन्छु, नसके अरुलाई बनाउँछु, तर बदल्नुपर्छ भन्नेमा छु ।”

थापाले त्यसपछि पनि निरन्तर संसदीय दलको नेता बदल्ने कुरा गरिरहेका छन् । विशेषगरेर कार्यकारी प्रमुखमा पनि अब पुराना र ‘टेस्टेड’ अनुहारलाई चुनौती दिइरहेका छन् । २०७९ मंसिरमा भएको निर्वाचनअघि जनतासँग मत माग्दै उनले आफू प्रधानमन्त्री बनेर देश परिवर्तनको संवाहक बन्ने उनले स्पष्टसँग जनतासँग वाचा गरेका थिए ।

त्यहीअनुसार उनले दलको नेता बन्दै प्रधानमन्त्री बन्ने प्रयास पनि गरे । तर, समूहबाट साथ नपाएपछि उनको जुन वाचा पूरा हुन सकेन । यसरी दलको नेता बदलेर प्रधानमन्त्री बन्ने अथक प्रयासमा रहेका थापाले बुधबार एकाएक किन फरक प्रस्ताव अघि सारे त रु थापाले कोइरालालाई दलको नेतामा किन अघि बढाए त रु साच्चै दलको नेता परिवर्तनका लागि मैदान सहज भएको हो त रु नेता कांग्रेस वृत्तमा टीकाटिप्पणी चलिरहेको छ ।

“सिङ्गो पार्टीको रूपान्तरण र आमजनतामा देखिएको निराशा चिर्न हामी लाग्नुपर्छ । सम्पूर्ण विकृति सुधार गर्ने र सच्याउने काम कांग्रसको हो,” समूहका प्रभावशाली नेता अर्जुनरसिंह केसी भन्छन्, “देखिएका कुशासन अन्त्य गर्नुछ । पार्टीमात्र होइन, देश रूपान्तरण गर्नुछ । कुशासनको अन्त्य गर्ने काम यो समूहले गर्नुपर्छ । तिक्तता कायम गरेर बस्न जरूरी छैन ।”

विवादबीच समूहको बैठक बसेको थियो । शेखर–गगन अब एक रहेनन् भन्ने सन्देश पार्टीको ‘ग्रास–रूट’सम्म पुग्नेगरी परिचर्चाबीच थापाको प्रस्ताव आएको छ । केन्द्रीय सदस्य मधु आचार्य कांग्रेसको नेतृत्वमा बढ्दो निराशा र चाहना भएको परिवर्तनबीच समूहको पछिल्लो बैठकले कार्यकर्ता पंक्तिमा नयाँ उमंग थपिएको छ ।

“गगनजीको जे प्रस्ताव आयो, त्यसमा शेखर डाक्टर सा’बले केही प्रतिकृया दिनुभएको छैन । गगनजीले शेखर डाक्टरलाई प्राथामिकतामा राखेर बोलेपछि समूहमा पनि नयाँ उत्साह थपिएको छ,” आचार्य भन्छन्, “कार्यकर्तामा उत्साह भर्न र कांग्रेसलाई देशको रूपान्तरणकारी शक्ति बनाउन हालको नेतृत्व सफल हुँदैन । शेरबहादुर दाइको अनुहार देखाएर अब कांग्रेसमा उत्साहित हुने समय छैन । आश शेखर–गगनमै छ । उहाँहरूको विकल्प छैन ।”

कांग्रेसमा पार्टी सभापति र संसदीय दलको नेता शेरबहादुर देउवा छन् । पार्टीप्रतिको चिन्ता भन्दा पनि सत्तासमीकरण जोगाउँदै जुनसुकै मूल्य चुकाएर भए पनि फेरि प्रधानमन्त्री बनिछाड्ने योजना देउवाको छ ।

समूहको बुझाइमा, देउवा प्रधानमन्त्री बनेर ०८४ को निर्वाचन गराउन चाहन्छन् ।

आफू प्रधानमन्त्री बनेपछि मात्र पार्टीको १५ औं महाधिवेशन गर्ने दाऊ देउवाको छ । उनले पाँच वर्ष र संविधानको सुविधा बमोजिम ६ महिना थप गरेर १४औं महाधिवेशन जस्तै १५औं महाधिवेशन पनि पर धकेल्ने डिजाइन गरिरहेको समूहको बुझाइ छ ।

पार्टीको महाधिवेशन भएको दुई वर्ष पुगिसकेको छ । २०८२ मंसिर अन्तिममा पार्टीको महाधिवेशन गर्नुपर्ने विधानमा प्रावधान छ । तर, देउवाले विधान प्रयोग गरी २०८३ अन्तिम वा विधानको छिद्र प्रयोग गरेर ६ महिना थप लिएर ०८४ मा अधिवशेन गराउने डर समूहमा छ ।

यसरी देउवाले आफ्नो कार्यकाल पर लगेमा आसन्न चुनावमा पनि टिकट बाँड्ने र कांग्रेसलाई पुनः तहसनहस बनाउने बुझाइमा समूह छ । त्यसमाथि देउवाको शक्तिको आडमा उनकी पत्नी डा। आरजू राणाले पार्टीमा पकड जमाउने र दिन प्रतिदिन पार्टी बदनाम गराइरहेको बुझाइ छ ।

देउवा र उनका ‘भारदार’को शक्ति क्षयीकरण नगराए ०८४ को निर्वाचनले गतिलो झापड दिने विश्लेषणमा छन् । एकतामा माहोल बनाउन गगन थापाले बुधबारको बैठकमा शेखर कोइरालालाई अघि बढाउने गरी अभिव्यक्ति दिएको उनी बताउँछन् ।

“कांग्रेसलाई बचाउने र सशक्त पार्टी बनाउने भए शेखर–गगनको विकल्प छैन” ती नेता भन्छन्, “जसरी प्रस्ताव आयो, शेखर–गगन एक ठाउँ छन् भन्ने ‘म्यासेज’ गएको छ । यो हाम्रो लागि एकप्रकारको ठूलो सफलता हो ।”
अर्का एक नेताको बुझाइमा, एक वर्षअघिको संसदीय दलको नेताको चुनावमा गगनलाई साथ नदिएकाहरूले शेखरको नाममा भने साथ दिने सम्भावना छ ।

टिमकै भोट नआउने र समूहमा पुनः विभाजनको रेखा कोरिनबाट शेखरको नामले जोगाउन सक्छ ।

अर्का नेता भन्छन्, “माहोल मिल्यो भने देउवा टिमको भोट क्रस गराएरै भए पनि शेखरलाई जिताउन सकिन्छ भन्ने हाम्रो मान्यता हो । गगनजी उठे पुनः धोका हुने सक्छ । त्यसैले निर्णायक लडाई लड्ने अवस्थामा हामीले रणनीतिक काम गर्नैपर्छ ।”

बुधबार बैठकपश्चात् नेताहरू शेखर–गगन असमझदारी तत्कालका लागि टरेको बताउँछन् । तर, निरन्तर संवाद र सहकार्य नभए असमझदारी फेरि बढ्न सक्छ । “ग्राउण्डले शेखर–गगन सहकार्य चाहेको छ । उहाँहरूले कार्यकर्ता र जनभावना मानिदिए हुन्थ्यो भन्ने हाम्रो चाहाना हो,” केन्द्रीय सदस्य डा। गोविन्द पोखरेल भन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group