ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्पत्ति बिक्री वा फुकुवा गरिदिन स्मार्टले टेलिकमले पठायो प्राधिकरणलाई पत्र


एबीसी न्यूज
२९ मंसिर २०८०, शुक्रबार   १ : १७   बजे

काठमाडौं, २९ मंसिर ।  बक्यौता तिर्न नसकेपछि खारेज भएको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले आफ्नो सम्पत्ति बिक्री गर्न वा फुकुवा गरिदिन माग गर्दै पत्र पठाएको छ ।

स्मार्ट टेलिकमले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै सम्पत्ति लिलाम बिक्री नगर्ने भए फुकुवा गर्न माग गरेको हो ।

प्राधिकरणका निर्देशक एवं प्रवक्ता सन्तोष पौडेलले स्मार्ट टेलिकमले कानुनबमोजिम थप प्रक्रिया अघि बढाउन माग गर्दै पत्र पठाएको बताएका छन् ।

निर्देशक पौडेलले भने, “पत्र आएको छ । प्राधिकरणले स्मार्ट टेलिकमको सम्पत्ति नियन्त्रणमा ल्याएपछि थप प्रक्रिया अनुरुप अघि बढ्न भनेर पत्रमा लेखेको छ ।”

स्मार्ट टेलिकमले नियामक निकाय प्राधिकरणले सम्पत्ति नियन्त्रणमा लिएपनि सञ्चालन गर्न नसकी दायित्व र जिम्मेवारीबाट विमुख भएको भन्दै आलोचना गरेको छ ।

स्मार्ट टेलिकमले प्राधिकरणको अक्षमता र अकर्मण्यताको परिणाम कम्पनी वा कम्पनीका सञ्चालकले भोग्ने अवस्था नहुने दाबी गरेको छ ।

उसले नेपाल टेलिकम र एनसेललाई नवीकरण शुल्क बुझाउन राहत हुनेगरी अवधि तोकेको तर स्माटलाई भने नदिएको भन्दै भेदभाव गरेको आरोप लगाए ।

लिलाम बिक्री नगर्ने वा गर्न असमर्थ भए प्राधिकरणले नियन्त्रणमा लिएको सम्पत्ति फुकुवा गरी प्रचलित कानुनबमोजिम सम्पत्ति र दायित्व पूरा गर्ने जिम्मेवारी कम्पनीलाई दिन माग समेत स्मार्ट टेलिकमले गरेको छ ।

कम्पनीले मंसिर २१ गते लेखेको पत्रमा १५ दिनभित्र तत्काल प्रचलित नियमावलीबमोजिम कम्पनीले प्रदान गर्ने दूरसञ्चार सेवालाई व्यवस्थापन समूहमार्फत सुचारु गर्न समेत आग्रह गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको सम्पत्ति आफ्नो स्वामित्वमा ल्याएपनि सञ्चालन भने गर्न सकेको छैन । प्राधिकरणले स्मार्टको सम्पत्ति बिक्रीका लागि लिलाम प्रक्रिया पनि अघि बढाएको छैन । स्मार्टले यसअघि पनि यस्तै पत्र पठाएको प्राधिकरणका एक अधिकारीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनालले राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने

सहसचिव भट्टराई सचिवमा बढुवा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu