ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमरेशकुमार सिंह-प्रधानमन्त्रीले राजीनामा नदिए प्रमाण सुरक्षित नरहन सक्छन्


एबीसी न्यूज
२९ मंसिर २०८०, शुक्रबार   १ : ३०   बजे

काठमाडौं, २९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालमाथि रकम उठाएको आरोप लगाइरहेका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीले राजीनामा दिए प्रमाण सार्वजनिक गर्ने बताएका छन्।

प्रमाणको सुरक्षा मुख्य कुरा भएकाले आफू अहिले प्रमाणको सुरक्षा गर्नतिर लागेको पनि जिकिर गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘मसँग चारजना बढीको प्रमाण छ। अदालतको प्रक्रिया हेर्दै छु। प्रमाणहरू सुरक्षित भएपछि पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गर्छु।’

प्रचण्ड–अमरेश सम्बन्धः असाधारण निकटता, अस्वाभाविक दूरी

उनले प्रमाणको सुरक्षाका लागि पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने तर्क गरेका छन्। उनले लेखेका छन्, ‘म सार्वजनिक गर्छु, प्रधानमन्त्रीले के राजीनामा दिनुहुन्छरु प्रधानमन्त्रीले राजीनामा दिएर आए म पनि प्रमाणहरू सार्वजनिक गर्छु। प्रमाणहरू नरहने र राजीनामा पनि नआउने अवस्था हुन सक्छ। त्यसैले पहिले प्रमाणहरू सुरक्षित गर्नेतर्फ लागेको छु।’

सर्लाही–४ बाट स्वतन्त्र उम्मेदवार भई गत वर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा विजयी भएका सांसद सिंहले आफू लडाइँबाट पछि नहट्ने पनि स्पष्ट पारेका छन्। ‘म कुनै टीके प्रथाबाट सांसद बनेको होइन।

स्वतन्त्ररूपमा चुनाव जितेर आएको हुँ। म संसद र संसदीय समितिमा लड्दै छु। अर्को अदालतमा कानुनी लडाइँ लड्दै छु। सञ्चारमाध्यमबाट जनतामा लड्दै छु, कुरा पुर्‍याउँदैछु।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu