ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्री- भोलि आइपर्न सक्ने ठूलो जोखिमको निवारण बीमाबाट हुन्छ भन्ने सचेतना जगाउनु आवश्यक छ


एबीसी न्यूज
२९ मंसिर २०८०, शुक्रबार   १ : ४१   बजे

काठमाडौं, २९ मंसिर ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । बीमा सर्भेयर संघ नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनीकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन । मलाई समस्या आउँदैन, बीमामा किन सहभागी हुने भन्ने धारणा छ,’ उनले भने ।

अहिले बीमा सचेतनाको आवश्यकता रहेको उनको भनाइ छ । ‘जीवन बीमा होस् वा निर्जीवन बीमा, जोखिममा पर्‍यो भने झमेला हुँदैन भन्ने विश्वास दिलाउन सक्नुपर्छ । नेपालमा दुईवटा समस्या छ, हरेकलाई समस्या आइपर्न सक्छ, अहिले हामीले केही योगदान दिएर भोलि आइपर्न सक्ने ठूलो जोखिमको निवारण बीमाबाट हुन्छ भन्ने सचेतना जगाउनुपर्ने छ,’ अर्थमन्त्री महतले भने ।

बीमा गरिसकेको व्यक्तिलाई आपत् परेको समयमा तिर्न बीमा कम्पनीहरुले आनाकानी गर्ने गरेका कारण यसले सम्भावित बीमा लिन खोज्नेहरुलाई पनि बीमा विस्तारमा अवरोध पुर्‍याउने गरेको उनको भनाइ थियो ।

 

बीमामा देखिएका समस्या समाधानका लागि यससँग जोडिएका सबै र बीमाको नियमक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन गर्नुपर्नेमा मन्त्री महतले आग्रह गरे । उनले व्यवसायिकतालाई मध्यनजर राखेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

‘बीमा कम्पनीहरुले लिने बेला विज्ञापन गर्ने, रिर्सोस जम्मा गर्ने र दिनु पर्‍यो भने अनेकौं झमेला झिक्ने गरिन्छ । त्यहींनेर सर्भेयरको काम आउँछ । उनीहरुको बीचमा बसेर सर्भेयरले काम गरिदियो भने प्रभावकारी हुन्छ,’ मन्त्री महतले भने ।

कुनै प्रभावमा नपरी जे यथार्थ हो, त्यो राखेर समस्या समाधान गर्नुपर्ने भन्दै उनले बीमालाई नयाँ उचाइमा पुर्‍याउन सर्भेयरको भूमिका महत्वपूर्ण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनालले राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने

सहसचिव भट्टराई सचिवमा बढुवा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu