काठमाडौं ३० मंसीर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताएका छन्।
शनिबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ मा मानव सेवा आश्रम उद्घाटन गर्दै उनले मन्दिरमा गएर भेटी चढाउनुभन्दा मानव सेवा आश्रममा दान गरे धर्म मिल्ने बताएका हुन्।
‘धर्म गर्नका लागि हामी विभिन्न भगवान्लाई पुज्न र भेटी चढाउन जान्छौँ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘ढुंगाको भगवान्लाई चढाएको भेटीभन्दा जिउँदो देवता बस्ने आश्रममा भेटी चढाए धर्म मिल्छ। सबैले आआफ्ना ठाउँबाट सक्दो सहयोग गरौँ।’
यसैबीच
ललितपुरको थेचोमा नवदुर्गा भवानी देवी १२ वर्षे जात्रा समापन समारोहलाई आज सम्बोधन गर्दै उनले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो। हाम्रा समृद्धशाली मूर्त र अमूर्त सांस्कृतिक धरोहर सम्पदाहरू राष्ट्रिय एकता सबलीकरण गर्ने विशिष्ट माध्यमका रूपमा परिचित छन्। । यी सांस्कृतिक परम्पराहरूले नेपालको राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउन अहम् भूमिका खेलेका छन् ।’
Laxmi sunrise bank
प्रधानमन्त्रीले आफ्नो संस्कृतिको संरक्षण र सम्बरद्धन गर्नु हामी सबैको दायित्व मात्र होइन, अधिकार पनि भएको बताए । नेपालको संविधानले नै धार्मिक स्वतन्त्रता कायम गरी प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण गर्ने हकको ब्यवस्था गरेको स्पष्ट पारे ।
प्रधानमन्त्रीले विभिन्न कालखण्डमा मानव समुदायहरूले सिर्जना गरेर छाडेका भौतिक सम्पदा र त्यस अनुरूपको जीवनशैलीको समष्टिगत रूप नै नेपालको राष्ट्रिय संस्कृति भएको बताए ।
मानव सेवा आश्रमका लागि स्थानीय सरकार, प्रदेश सरकारलाई पनि सहयोग गर्न लगाउने र संघीय सरकारले पनि निरन्तर रुपमा सहयोग गर्ने वचन प्रधानमन्त्री प्रचण्डले दिए।
उनले संघीय सरकारको समन्वयमा सातवटा प्रदेशलाई सात गाडी उपलब्ध गराउने प्रतिबद्धता पनि प्रधानमन्त्री प्रचण्डले व्यक्त गरे। साथै, सडक मानव आश्रित भवन निर्माणका लागि समेत सरकारले सहयोग गर्ने उनले बताए।
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड प्रमुख अतिथि थिए भने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकास मन्त्री कुमारी मोक्तानलगायतको उपस्थिति थियो।
प्रतिक्रिया दिनुहोस्