ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी टेलिभिजनकर्मी कविराज विसी सम्मानित


एबीसी न्यूज
१ पुस २०८०, आइतबार   ७ : ४८   बजे

काठमाडौँ, १ पुस । व्यायामको लागि नेपालकै जेठो संस्था नेपाल व्यायाम मन्दिरले शनिबार एबीसी टेलिभिजनका पत्रकार कविराज विसीलगायत विभिन्न व्यक्तित्वलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

नेपाल व्यायाम मन्दिरले २३औँ साधारण सभाका अवसरमा व्यायाम मन्दिरको विकास र विकासमा संस्थाको विभिन्न ओहदामा बसेर विगत लामो समयदेखि कार्य गर्दै आइरहेका पूर्व अध्यक्ष उदयबहादुर श्रेष्ठ र सदस्य रत्नलाल मानन्धरलाई लाइभ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गर्‍यो । दुवै सम्मानित व्यक्तित्वले नगद ५५ हजार ५ सदय ५५ का साथ प्रशंसा पत्र प्राप्त गरेका हुन ।

सोही अवसरमा खेलकुद पत्रकार सम्मानबाट एबिसी टिभीका कवि राज बिसी, गोरखापत्रका प्रजित शाक्य , रातो पाटीका रोशन सिंह राउत, कान्तिपुर टेलिभिजनका प्रदीप लेखी, मेरो फिटनेश प्राइम एएचडी टिभीका देवराज पराजुली, काष्ठमण्डप टिभीका रोहित भट्टलाई पत्रकारिता सम्मान प्रदान गरियो । सम्मानित पत्रकारहरूलाई प्रशंसा पत्रका साथ १० हजार रुपियाँले सम्मान गरेको हो ।

यसैगरी व्यायाम मन्दिरले आफ्ना सदस्यहरूका छोरा छोरीहरूले विभिन्न क्षेत्रमा गरेको प्रगतिलाई मध्यनजर गर्दै सन्तति पुरस्कार बाट प्रजल बरिया र श्वेता शाहीलाई १० हजार रुपियाँसहित प्रशंसा पत्रले सम्मान गरेको हो ।

यसैगरी व्यायाम मन्दिरले अभिवक्ता कुमार राज भट्टराईलाई नगद २५ हजार रुपियाँसहित विशेष सम्मान र समाज सेवी विद्या सागर तुलाधरको तर्फबाट विगतमाझै व्यायाम मन्दिरको विकासमा सहयोग पुर्‍याउनु हुने सदस्यहरू कोषाध्यक्ष प्रशान्त सिंह र पूर्ण कुमार मानन्धरलाई २० हजार रुपियाँसहित सम्मान गर्‍यो । यस्तै मन्दिरका उपाध्यक्ष नानी काजी डङ्गोललाई सञ्चालक समितिको तर्फबाट दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

यसैगरी नेपाल व्यायाम मन्दिरको खेलाडीको रूपमा विभिन्न प्रतियोगितामा सहभागिता जनाउनुका साथै पदक प्राप्त गर्न सफल ३७ जना खेलाडीहरूलाई पनि नगदद्वारा सम्मान गरिएको थियो । यस अघि साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले उद्घाटन गरेका थिए।

प्रधान अध्यक्षमा सर्मसम्मत

२०१० सालमा स्थापित नेपालकोनै अग्रणी खेल संस्था नेपाल व्यायाम मन्दिरको २३औँ साधारण सभाले नारायण प्रधानलाई छैटौँ पटकका लागि पनि सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।

शनिबार भएको साधारण सभाले मन्दिरको वरिष्ठ उपाध्यक्षमा अजय बज्राचार्य, उपाध्यक्षमा नानी काजी डङ्गोल र अनिललाल श्रेष्ठ, महासचिवमा सूर्य प्रसाद जोशी, सचिवमा ईश्वर श्रेष्ठ, कोषाध्यक्षमा प्रशान्त सिंह र सहकोषाध्यक्षमा नरेश नेपालीलाई पनि सर्वसम्मत चयन गरेको हो ।

सदस्यहरूमा ईश्वर खड्गी, अर्जुन वर्णवाल र रेनबहादुर श्रेष्ठलाई पनि सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिले लुना प्रधान र संजीत श्रेष्ठलाई मनोनीत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

आत्मदाह प्रयासपछि रौतहटका युवा उपचारका लागि काठमाडौं रिफर

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu