ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री रेखा शर्मा-समाचारमा केन्द्रित भएर मात्र अब ‘प्रिन्टेड मिडिया’ सञ्चालन हुन सक्दैनन्


एबीसी न्यूज
१ पुस २०८०, आइतबार   १ : २२   बजे

काठमाडौं, १ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाचारमा केन्द्रित भएर मात्र अब ‘प्रिन्टेड मिडिया’ सञ्चालन हुन नसक्ने बताएकी छन् । आइतबार काठमाडौंमा दी राइजिङ नेपालको ५८औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

‘न्युज बेस’ भएर प्रिन्टेड मिडिया सञ्चालन हुन नसक्ने भएकाले अबका दिनमा विशेष विषयवस्तुको ‘लिडिङ’ गरेर प्रिन्टेड मिडिया सञ्चालन गर्न आवश्यक रहेको उनले औँल्याइन् । उनले सूचना तथा प्रविधिमा आएको परिवर्तन हेरेर त्यसैअनुसार अघि बढ्न जरुरी रहेकामा जोड दिइन् ।

मन्त्री शर्माले सरकारले गरेका निर्णयहरू जनतासम्म पुर्‍याउने काम पनि सञ्चारमाध्यमको भएको बताइन् ।

“।।।अबका प्रिन्टेड मिडिया न्युज बेसिसमा गएर चल्दैनन् । न्युज त हाम्रो हातहातका मोबाइलमा जान्छ । अनलाइनहरू, युट्युबहरू छन्, त्यसबाट हेर्छौँ,” उनले भनिन्, “मिनेट–मिनेटका न्युज हातका मिडियाबाट हेर्छौँ । न्युज बेसिसमा गएर प्रिन्टेट मिडिया चलाउन सकिँदैन । खास विषयवस्तु, कुनै न कुनै विषयवस्तुको लिडिङ कार्यक्रम मिडियामा चाहिन्छ । त्यो प्रिन्टेट मिडियाले लिड गर्न सक्नुपर्छ ।”

कार्यक्रममा गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदीले पुरानो ढाँचालाई छोडेर अब प्रविधिसँग नयाँ ढाँचाको विकास गर्न जरुरी रहेको बताए । समाचार विश्वसनीय र गुणस्तरीय बनाउँदै लैजानुपर्ने चुनौती अहिले देखिएको र त्यसमा गोरखापत्र संस्थानले काम गरिरहेको उनले उल्लेख गरे । उनले समाचारका निम्ति २४ घण्टा किन कुर्ने भन्ने कुरा नै अहिलेको चुनौती रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

आत्मदाह प्रयासपछि रौतहटका युवा उपचारका लागि काठमाडौं रिफर

सम्बन्धित

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

आत्मदाह प्रयासपछि रौतहटका युवा उपचारका लागि काठमाडौं रिफर

रौतहटको घटनापछि फेरि बहस : आत्मदाहका घटनाले दिएको चेतावनी : सुन्ने र साथ दिने समाजको खाँचो

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu