ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु


एबीसी न्यूज
१ पुस २०८०, आइतबार   ४ : ३०   बजे

धनगढी, १ पुस। रुस–युक्रेन युद्धमा कैलाली टीकापुरका एक युवकको मृत्यु भएको खुलेको छ ।

रुसी सेनाका तर्फबाट युद्धमा सहभागी टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्युको खबर परिवारका सदस्यले केही दिनअघि मात्र पाएका छन् । उनीहरुले आइतबार कुशको शव बनाएर भरतको अन्त्येष्टि गरेका छन् ।भरतका दाजु नाता पर्ने बिर्ख शाहले २६ नोभेम्बर ९मंसिर १० गते० नै मृत्यु भएको खबर हालै पाएको बताए । भरतसँगै रुसी सेनाका तर्फबाट युद्धमा सहभागी कञ्चनपुरका रोशन थापाले आफ्नी श्रीमतीलाई भरत युद्धमा मारिएको खबर पठाएको र उनीहरुबाट ढिला मात्र जानकारी पाएको बिर्खको भनाइ छ ।

‘भाइको २६ नोभेम्बरमा युद्धमा गोली लागेर मृत्यु भइसकेको रहेछ । उनीसँगै कार्यरत महेन्द्रनगरका थापाजीले मृत्यु भएको कुरा म्यासेज गरेर आफ्नो श्रीमतीलाई भनेका रहेछन्’, बिर्खले भने, ‘तर उहाँले हामीलाई खबर गर्न सक्नुभएन । ढिलो गरी थाहा पायौं ।’गत ३० साउनमा संयुक्त अरब इमिरेट्सको दुबई गएका भरत शाह पूर्वप्रहरी हुन् । उनी दुबईमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । उनी उतैबाट रुस गएका थिए । मृतक शाहको कुशको शवको प्रतिमा बनाएर आइतबार हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको दाजु नाता पर्ने बिर्खले बताए ।भरतका श्रीमती, नाबालक छोरा र छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

आत्मदाह प्रयासपछि रौतहटका युवा उपचारका लागि काठमाडौं रिफर

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu