ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशिने कामदार बढे पनि रेमिट्यान्स बढेन


एबीसी न्यूज
२ पुस २०८०, सोमबार   ९ : ५४   बजे

काठमाडौ २ पौष  पछिल्ला वर्षहरुमा वैदेशिक रोजगारीका लागि विभिन्न देश जाने नेपाली श्रमिकको सङ्ख्या बढ पनि रेमिट्यान्स भने त्यसअनुसार आउन सकेको छैन ।
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वैदेशिक रोजगारीमा जाने कामदारको अनुपातमा रेमिट्यान्स निकै कम आएको छ ।

जिफन्टले आर्थिक वर्ष २०७७र०७८ को तुलनामा २०७८र०७९ मा २७७ प्रतिशत र २०७९र०८० मा ३ सय प्रतिशत भन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएको जनाएको छ ।आ।व। २०७७र०७८ मा ४२ दशमलव २४ प्रतिशत र आ।व। २०७८र०७९ मा ४६ दशमलव ३२ प्रतिशत दक्ष श्रमिक विदेश गएकोमा २०७९र०८० मा ६६ प्रतिशत दक्ष श्रमिक विदेश गएका छन् ।

अदक्ष श्रमिकको तुलनामा दक्ष श्रमिक विदेशिनेको सङ्ख्या १५ प्रतिशतले बढी हुन्छ भन्ने मान्दा पनि कम्तीमा ७ खर्ब रेमिट्यान्स थप भइ कुल ५० खर्बभन्दा बढी हुने रेमिट्यान्स भित्रिनुपर्ने जिफन्टका महासचिव लक्ष्मण शर्माले बताए। उनले अहिले केवल १२ खर्ब मात्र नेपालमा रेमिट्यान्स आएको देखिएकाले वार्षिक ३८ खर्ब रेमिट्यान्स हराइरहेको दाबी गर्दै यसबारेमा अध्ययन गर्न आवश्यक रहेको बताए। आव ०७९र८० मा १२ खर्ब २० अर्ब रेमिट्यान्स आप्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ ।अघिल्लो आव २०७७र७८ मा भने नौ खर्ब ६१ अर्ब, ०७८र७९ मा १० खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो ।

विदेशिने कामदार बढे पनि रेमिट्यान्स नबढ्नुले त्यस्तो रकम गैरकानुनी प्रयोग भएको हुन सक्ने जिफन्टले जनाएको छ । दक्ष जनशक्ति पलायन हुँदा विदेशमा नै परिवार लैजाने र उतै व्यवसाय गर्ने हुँदा पनि रेमिट्यान्सको अनुपात नबढेको हुन सक्ने जिफन्टको भनाइ छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि युरोप आकर्षक गन्तव्य बन्न थालेको छ ।

रोमानिया, क्रोएसिया, माल्टा, साइप्रस, पोल्यान्ड र बेलायततर्फ नेपाली कामदार मोडिन थालेको महासङ्घको प्रतिवेदनमा उल्लेख छ वैदेशिक रोजगारीमा जाने कामदारमध्ये पछिल्लो आठ महिनामा दुई सय तीनजना पीडितले जिफन्टमा उजुरी दिएका छन् । यस अवधिमा जिफन्टमा ७८ वटा उजुरी परेका छन् । जिफन्टले नेपालबाहिरका कामदारलाई सहयोग गर्न गन्तव्य देशको कानुन पालना हुने गरी जिफन्ट सहयोग समूह बनाइ श्रमिकको समस्या समाधान गर्ने विधि अवलम्बन गरेको छ ।

अहिले दक्षिण कोरिया, मलेसिया, कतार, कुवेत, बहराइनमा जिफन्ट सहयोग समूह क्रियाशील छन् । जोर्डन, लेबननमा स्थानीय युनियनसँग जोडेर नै काम गर्ने वातावरण बनाइएको छ भने यूएईमा हालै मात्रै समूह पुनः व्यवस्थापन गरिएको छ ।

 

यस्तै, १४ वर्षको अवधिमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमध्ये १२ हजार ३८ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

आत्मदाह प्रयासपछि रौतहटका युवा उपचारका लागि काठमाडौं रिफर

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu