ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेयर बालेनप्रति प्रधानमन्त्री प्रचण्डको आक्रोश


एबीसी न्यूज
२ पुस २०८०, सोमबार   १ : १७   बजे

काठमाडौं, २ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनप्रति असन्तुष्ट देखिएका छन् । ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले आफ्ना कुरा नसुनी मेयर बालेन कार्यक्रमस्थलबाट बाहिरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

“अघि बालेन्द्रजी गइहाल्नुभयो, मलाई पहिले बोलेर हिड्नेसँग पनि अलेलि इरिटेसन हुन्छ,” प्रधानमन्त्रीले भने, “आफूले भन्ने कुरा जे छ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्न हुँदैन, बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।”

उपत्यकाको विकास एकै पटक हुनुपर्छ  बालेन्द्र शाह   आफूले मेयर बालेनका काममा समन्वय गरेको भए पनि उनले त्यसबारेमा नबोलेको भन्दै प्रधानमन्त्री आक्रोशित देखिए ।

“उहाँले भन्नुभो, यहाँबाट निक्लनेबित्तिकै हुन्छ । म बालेन्द्रजीलाई के भन्न चाहन्छु भने– बालेन्द्रजी, तपाईंले चाहे त्यो वाग्मतीमा हस्तक्षेपको कुरालाई लिएर होस् या तिनकुनेको कुरालाई होस् । चाहे फोहोरमैला व्यवस्थापनका निम्ति काठमाडौं उपत्यकाभित्र मिलेर काम गर्नेबारेमा कतिपटक सिंहदरबारमा बैठक भयो रु,” प्रधानमन्त्रीले प्रश्न गरे, “के अहिलेको प्रधानमन्त्रीजत्तिको सकारात्मक, रचनात्मक ढंगले यो समस्या समाधान गर्न समन्वय गरेको अरू कसैले कहीँ देख्नुभएको छ ? ”

प्रधानमन्त्री प्रचण्डले ‘काम गर्न बलचाहिँ गरिरहेको भन्न केले रोक्यो रु’ भन्दै प्रश्न पनि गरे ।

“तपाईं त्यसलाई रिकोग्नाइज गर्न किन डराउनुहुन्छ रु तपाईं काठमाडौं पालिकाको मेयर हुनुको नाताले ललितपुर, भक्तपुरलाई समन्वय गर्ने तपाईंको बढी जिम्मेवारी छ । मैले तपाईंलाई सहयोग गर्छु भनेर लगातार गरेको कुरालाई रिकोग्नाइज गर्न केले रोक्यो ? ” प्रधानमन्त्रीको प्रश्न छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

आत्मदाह प्रयासपछि रौतहटका युवा उपचारका लागि काठमाडौं रिफर

सम्बन्धित

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

आत्मदाह प्रयासपछि रौतहटका युवा उपचारका लागि काठमाडौं रिफर

रौतहटको घटनापछि फेरि बहस : आत्मदाहका घटनाले दिएको चेतावनी : सुन्ने र साथ दिने समाजको खाँचो

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu