ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाडा अध्यक्षमा चौधरी र गोल्छाको प्रतिष्पर्धा, सहमतिमै टुंग्याउने प्रयास


एबीसी न्यूज
२ पुस २०८०, सोमबार   १ : २५   बजे

काठमाडौं, २ पौष ।  नाडा अटोमोबाइल्स एशोसिएनस अफ नेपालले पुस २० र २१ गते ४७औं वार्षिक साधारण सभा र निर्वाचन गर्ने भएको छ ।

अटो व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल एसोसियसन अफ नेपाल नाडाको अध्यक्ष पदका लागि करण चौधरी र आकाश गोल्छा आकांक्षी छन् । नाडाका अनुसार पुस २१ गते आगामी दुई वर्षका लागि नाडाको अध्यक्ष एवम् २४ जना केन्द्रीय कार्य समिति सदस्य छानिनेछन् ।

केन्द्रीय सदस्यमा १७ जना साधारण सदस्यबाट र ७ जना संस्थागत सदस्यबाट चयन हुनेछन् । केन्द्रीय सदस्यहरुले उपाध्यक्षसहितका पदाधिकारी छनोट गर्नेछन् ।

अध्यक्षका लागि सीजी होल्डिङ्सका करण चौधरी र गोल्छा ग्रुपका आकाश गोल्छा प्रतिस्पर्धी देखिएका हुन् ।

तर, अहिलेसम्म दुवै पक्ष सहमतिको प्रयासमा छ । सीजीले सुजुकीसँगै केवाईसी र किङलङ ब्रान्डका गाडी बिक्री गरिरहेको छ । गोल्छा ग्रुपले बजाज, केटीएम, फोर्डलगायत ब्रान्डका गाडी बिक्री गर्दै आएको छ ।

यसअघि सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले पनि आकांक्षा जनाए पनि उनले करण चौधरीलाई समर्थन गरेका छन् ।

सहमतिको प्रयासमा दुवै पक्ष

नाडाका वर्तमान महासचिव एवं चौधरीको टिममा रहेका सुरेन्द्रकुमार उप्रेतीले सहमति गरेरै नेतृत्व चयन गर्ने प्रयासमा रहेको बताएका छन् ।

“संस्थामा प्रतिस्पर्धा गर्नुभन्दा पनि सबै एकै हौं भनेर, हामी सहमतिमै नेतृत्व र पदाधिकारी चयन गर्ने प्रयासमा छौं । दुई–चार दिनभित्रै यो कुरा टुंगो लाग्छ होला,”  नाडाका महासचिव उप्रेतीले भने ।

उनले पूर्वअध्यक्ष एवं सबै पदाधिकारीलगायतले सहमति गरेरै अघि बढ्ने भनिरहेको बताए । नाडाका वर्तमान उपाध्यक्ष एवं गोल्छा टिमका निराकार श्रेष्ठले आफुहरु पनि सहमतिकै पक्षमा रहेको बताएका छन् ।

“हामी सबै अटो व्यवसायी एउटै हौं । कुनै प्रतिस्पर्धा गर्नुभन्दा पनि सहमति गरेरै अघि बढ्ने, नेतृत्व चयन गर्ने हाम्रो निष्कर्ष हो । त्यसकै लागि हामीले छलफल र प्रयास गरिरहेका छौं । चाँडै नै टुंगो लाग्छ,” नाडाका उपाध्यक्ष श्रेष्ठले भने ।

नाडाका वर्तमान अध्यक्ष ध्रुव थापाले सहमतिमै नेतृत्व चयन गर्ने प्रयास गरिरहेको बताएका छन् । उनले भने,“चुनाव गर्ने भन्दा पनि सहमतिमै अघि बढ्ने भनेर छलफल गरिरहेका छौं । अझै समय बाँकी छ हामी सहमतिमा पुग्छौं भन्ने विश्वास छ ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group