ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सात पदका निम्ति १२ डीएसपी प्रतिस्पर्धामा,एसपी बढुवामा सकस


एबीसी न्यूज
२ पुस २०८०, सोमबार   १ : ४३   बजे

काठमाडौं, २ पौष । प्रहरी प्रधान कार्यायलयलाई प्रहरी उपरीक्षक एसपीमा बढुवा गर्न सकस परेको छ । एसपीको सात रिक्त पदका निम्ति १२ प्रहरी नायब उपरीक्षक डीएसपी प्रतिस्पर्धामा छन् ।

उनीहरू सबैले एकसाथ ०६१ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन् । उनीहरू ०७२ साउन १ गते डीएसपीमा बढुवा भएका थिए ।

उनीहरूसँगैका केही डीएसपी भने गएको वैशाखमै बढुवा भइसकेका छन् । यो ब्याचका डीएसपी तीन चरणमा बढुवा भएर एसपी बन्नेछन् ।

१२ डीएसपीमध्येबाट अहिले सातजना मात्र बढुवा हुनेछन् । पाँचजना अझै छुट्नेछन् । सोही कारण अहिले बढुवामा प्रहरी प्रधान कार्यालयलाई सकस परेको हो ।

गएको मंसिर ५ गते पाँच एसपी प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०मा बढुवा भएका थिए । त्यससँगै एसपीतर्फ रिक्त दरबन्दीको संख्या सात पुगेको हो । त्यसअघि, एसपीतर्फ दुई दरबन्दी रिक्त थियो ।

प्रहरी प्रधान कार्यालयले सकेसम्म प्राविधिकतर्फका दुई दरबन्दी समेत साधारण समूहतर्फ समायोजन गरेर नौजनालाई बढुवा गर्ने तयारी गरेको छ । प्राविधिक र एमटी सवारी व्यवस्थापन० शाखामा रिक्त दरबन्दीलाई साधारण समूहतर्फ सारेर नौ पु¥याउने प्रधान कार्यालयको तयारी हो । तर, त्यसका निम्ति मन्त्रिपरिषद्ले निणर्य गर्नुपर्ने हुन्छ । उक्त प्रक्रियाका निम्ति प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ ।

१२ जनामध्ये हाल बढुवाको पहिलो नम्बरमा डीएसपी प्रदीपबहादुर क्षेत्री छन् । त्यसपछि क्रमशः अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जन दत्त भट्ट छन् ।

यस्तै, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे एसपीको प्रतिस्पर्धामा छन् । प्रहरी प्रधान कार्यालयले १२ जनामध्येबाट नै उत्कृष्ट कार्यसम्पादन भएका डीएसपीको बढुवा गर्ने तयारी गरेको छ ।

प्रतिस्पर्धी १२ जनाले नै आफ्नो बढुवाका निम्ति विभिन्न शक्तिकेन्द्रमार्फत प्रहरी महानिरीक्षक ९आईजीपी० वसन्त कुँवरमाथि दबाब सिर्जना गरिरहेका स्रोतको भनाइ छ ।

एसपीसम्म बढुवाको अधिकार आईजीपीलाई हुन्छ । एसएसपीदेखि माथिल्लो तहको बढुवा गृह मन्त्रालयका सचिवको अध्यक्षताको बढुवा समितिले गर्ने गर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu