ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रस्तावित न्यायाधीश पोखरेल -देखिने किसिमको न्यायसम्पादन गर्छु


एबीसी न्यूज
२ पुस २०८०, सोमबार   १ : ५४   बजे

काठमाडौं, २ पौष । कानुन व्यवसायी पृष्ठभूमिबाट न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेलले न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि र देखिने किसिमको न्यायसम्पादन गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्दै पोखरेलले धेरै वकिल भएका मुद्दामा ‘लिड लयर’को अभ्यास र रिटहरूमा व्यक्तिको सम्पत्ति र विषयको ‘अर्जेन्सी’लाई हेरेर आदेश गर्नुपर्ने औँल्याएका छन् ।

न्यायिक सुधारका क्षेत्रमा आफूले नेपाल बार एसोसिएसनको नेतृत्व तहमा रहँदा समेत काम गरेको उनले उल्लेख गरेका छन् । त्यो अनुभवलाई न्यायिक सुधारमा प्रयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

“न्यायसम्पादनका क्रममा आफूसमक्ष आएको विवादलाई नपन्छाई, कसैप्रति पूर्वाग्रह नराखी, संविधान, कानुन र मान्य सिद्धान्तका आधारमा निर्णय लिनुपर्छ भन्नेमा प्रतिबद्ध छु ।

न्यायाधीशको निर्णयबाट एउटा पक्षको हार र अर्को पक्षको जितको अवस्था स्वभाविक हुन्छ । यो जित र हारको अवस्था न्यायाधीशको इच्छामा नभई संविधान, कानुन र प्रमाणहरूका आधारमा तय हुन्छन्,” पोखरेलले भनेका छन्, “यस्तो अवस्थामा मुद्दाका पक्षहरूले न्यायसम्पादन गर्ने न्यायाधीशको न्यायिक मन र विवकेशमा प्रश्न उठाउने अवस्था बन्नु हुन्न भन्नेमा सचेत छु ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu