ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनसेल प्रकरणबारे प्रधानमन्त्रीलाई प्रश्नैप्रश्न, रविले भने– प्रमको आदेशले मात्र मिल्दैन


एबीसी न्यूज
३ पुस २०८०, मंगलबार   १ : ५६   बजे

काठमाडौं, ३ पौष । दूरञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्री प्रकरणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सांसदहरूले विभिन्न प्रश्न गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा एनसेल प्रकरणबारे स्पष्ट पार्न प्रधानमन्त्री उपस्थित भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति समेत रहेका समिति सदस्य रवि लामिछानेले एनसेल खरिद–बिक्री प्रकरणको छानबिनका निम्ति छुट्टै समिति किन बनाएको भन्दै प्रश्न गरे । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई नै छानबिनमा सक्रिय बनाउनुपर्ने उनको भनाइ छ ।

सांसदका प्रश्न– एनसेल प्रकरणमा प्रधानमन्त्रीको परिवार जोडिएको आरोप छ नि रु
समिति बैठकमा सांसदले प्रधानमन्त्रीलाई सोधेका प्रश्न–

रवि लामिछाने
– नियामक निकाय छ, तर पनि समिति किन बनाएको रु कानुनानुसार नियामक निकाय दूरसञ्चार प्राधिकरण छ, किन समिति बनाएको रु सिस्टम बलियो नबनाए हामी कोल्याप्स हुनेछौँ ।
–तत्कालीन अर्थमन्त्रीले किन्नेले हैन बेच्नेले दिने भनेजस्तै अहिले पनि त्यस्तै हो कि रु
– महालेखाको ५५औँ विवरणबाट उहाँले एनसेलको विवरण हटाएको भन्ने छ । उहाँ ९टंकमणि शर्मा०लाई किन समिति ९एनसेल खरिद–बिक्री प्रकरणबारे छानबिन समिति०को प्रमुख बनाएको रु
– एनसेल ०८६ मा सकिँदै छ, ५० प्रतिशत नेपालीको स्वामित्व नभए पाँच वर्षपछि आउँदैन । प्रमको आदेशले मात्र मिल्दैन, ऐन हेर्नुपर्छ ।
– सरकारको अधिनमा ल्याउने भए कानुनको लुपहोल ९छिद्र० चेन्ज गर्नुपर्छ । सकिनअघि, एक हप्ताअघि सेयर खरिद–बिक्री भन्ला, यो चेन्ज गर, आर यु रेडी रु
– एनसेललाई राजनीतिक दल, प्रशासन, अदालत प्रभावमा पार्छु भन्ने आत्मविश्वास छ ।
– ०४६ सालपछि सुरु गरेको मन्त्रीहरूको सम्पत्ति विवरण किन गोप्य हुन्छ रु

रघुजी पन्त
– नेपाल सरकारले सोही मूल्यमा एनसेल किन्न सक्छ कि सक्दैन रु प्रक्रिया र कानुनी ग्राउन्ड छ कि छैन रु
– एनसेल सरकारको हातबाट फुत्कने देख्छु म त । पाँच वर्षपछि नेपालको स्वामित्वमा आउँछ कि आउँदैन रु प्रमले एनसेलमा यो कमिटमेन्ट ९प्रतिबद्धता० यहाँ चाहियो । एनसेल रोक्न सक्छौँ कि सक्दैनौँ रु
– टंकमणि ९शर्मा०को क्षमतामा प्रश्न उठेको छ । यो समितिलाई भत्काएर न्यायाधीशको नेतृत्वमा समिति बनाउनुस् । टंकमणिमाथि सार्वजनिक प्रश्न उठेको छ । यसलाई सच्याउनुस् ।
– एनसेलको खरिद–बिक्रीले नेपाल सरकारले गुमाउनुपर्ने हुन्छ । बलियो कानुन बनाऊँ । यसले नेपाल सरकारको एफडीआईसम्बन्धी पोलिसी फेल भएको छ ।

न्यिदब िक्ष्mभ दबलप
दिलेन्द्रप्रसाद बडू
– प्रम सिरियस हुनुहुन्छ भन्ने बुझौँ । अनुचित काम यसभित्र भएको भए सिरियस हो । सेयर न्यून गरेर राज्यलाई कति घाटा भयो रु नियतवश केही भए क्षम्य हुनु हुँदैन । ढाकछोप गरेर उन्मुक्ति दिने काम नगरौँ । सिस्टममाथि प्रश्न उठाउनेलाई मसला नदिऊँ । त्रुटि हेरौँ र जोसुकै भए पनि कारबाही गरौँ । यसले दूरसञ्चारको भविष्य खतरामा पार्छ ।

दुर्गा राई
– एनसेल छाडा भएको हो । एनसेल ०६१ सालमा आएर हालसम्म कर छलेको छ । त्यसकारण यो सरकार मात्र जिम्मेवार छैन । वास्तविकता हिजोको आजै आउँछ भन्ने मलाई लाग्दैन ।
– ०६१ सालदेखि हालसम्म छानबिन गर्न हामी सक्छौँ कि सक्दैनौँ रु
–यो व्यवस्थामाथिको प्रहार हो । सडकमा हुलदंगा गर्ने अनि यता एनसेल केस ल्याउने, के हो योभित्रको प्रपञ्च रु

बलराम अधिकारी
– यो प्रमसँग मात्र सम्बन्धित हो कि अरू मन्त्रालय पनि रु प्रम बाहिर छु भन्ने, अन्य मन्त्रालयलाई थाहा नहुने । प्राधिकरणबाट अनुमति नलिई बेच्ने हिम्मत कहाँबाट आयो रु सरकार, कर्मचारी मन्त्री कसले सहयोग ग¥यो रु
– देशको बदनाम गर्ने गरी लगानी सुरक्षा छैन भनेर जाने एनसेल अपराधीकरण नै हो नि ।
– सरकार परिवर्तन हुनेबित्तिकै दौडधुप गर्ने स्वार्थपूर्ति गर्न, किन हुन्छ यस्तो रु
– नेपाल सकारको मातहतमा पाँच वर्षभित्र आउँछ भन्ने छ, ०८६ मा सरकार मातहत ल्याउन सरकारको योजना के छ रु

मेनुका पोखरेल
– नियामक निकायबीच सूचना पु¥याउने अभाव हो कि रु हामीले यत्रो कुरा समयमा किन थाहा पाउन सकेनौँ रु प्रमलाई गुमराहमा राख्ने काम कसरी भयो ?

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu