ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद राजेन्द्र पाण्डे -एनसेल प्रकरणमा प्रधानमन्त्रीको परिवार नजोडिएको भए दह्रो कदम चालौँ


एबीसी न्यूज
३ पुस २०८०, मंगलबार   २ : ०८   बजे

काठमाडौं, ३ पौष । सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले एनसेल खरिद–बिक्री प्रकरणमा प्रधानमन्त्रीको प्रतिबद्धता माग गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनले सोबारे प्रश्न गरेका हुन् ।

उनले प्रधानमन्त्रीको परिवार बदनाम हुँदै आएको बताए । एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा प्रधानमन्त्रीको परिवार नजोडिएको भए ‘दह्रो’ कदम चाल्न उनले आग्रह गरे । प्रधानमन्त्रीकै परिवार सो प्रकरणमा जोडिएको भए नाटक मात्र हुने उनको भनाइ छ ।

एनसेल प्रकरणबारे प्रधानमन्त्रीलाई प्रश्नैप्रश्न, रविले भने– प्रमको आदेशले मात्र मिल्दैन
“प्रमको दह्रो कमिटमेन्ट चाहियो । उहाँको परिवार बदनाम हुँदै आएको छ,” समिति सदस्य पाण्डेले भने, “नजोडिएको भए दह्रो कदम चालौँ, जोडिएको भए नाटक मात्र हुन्छ ।”

– प्रमको दह्रो कमिटमेन्ट चाहियो । उहाँको परिवार बदनाम हुँदै आएको छ । नजोडिएको भए दह्रो कदम चालौँ, जोडिएको भए नाटक मात्र हुन्छ ।
– टंकमणि शर्माको समिति छ । तातेको बेला समिति बनाउने अनि सेलाको बेला रिपोर्ट ल्याउने । अनि, दराजमा थन्काउने काम हुन्छ ।
– सांसदमा ‘डबल’ छ, कतै समिति नबनाई हुँदैन, कतै किन बनाएको नबनाए पनि हुन्छ भन्ने छ । सबै समिति बनाउने भए हाम्रा संयन्त्र के गर्छ रु हाम्रो कर्मचारीतन्त्र निकम्मा हो रु यसमा प्रश्न उठेको व्यक्ति समिति संयोजक छन्, यसले के नतिजा दिन्छ रु
–भविष्यमा होला, तर अब बन्ने ऐन संशोधन गरेर हिजोको लुपहोल ९छिद्र० टाल्न सक्छ रु यो गम्भीर छ । हाम्रो एफडीआई पोलेसीले समस्या सिर्जना गरे समस्या हुन्छ ।
– अब बन्ने दूरसञ्चार ऐनले विगतलाइ कसरी ‘कभर’ गर्छ रु गम्भीर कुरा हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group