ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री- एनसेल छानबिन समितिमा टंकमणि शर्मा उपयुक्त मान्छे हो


एबीसी न्यूज
३ पुस २०८०, मंगलबार   २ : १५   बजे

काठमाडौं, ३ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा राजस्व छली, दूरसञ्चार र वैदेशिक लगानीका विषयमा प्रश्न उठाइएकाले छानबिन समिति बनाइएको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफमा उनले समितिले नियामक निकायमाथि हस्तक्षेप नगर्ने स्पष्ट पारे ।

“नियामक निकाय हुँदा किन समिति भन्नुभयो, नियामक निकायसँग छुट्टै कानुनी व्यवस्था छ । प्राधिकरणले नियम र कारबाही गर्नेछ । यसमा कुनै रोक छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “राजस्व छलीसहित समग्र दूरसञ्चार र वैदेशिक लगानी समेत जोडिने भएकाले यो समिति बनेको हो । यसले नियामक संस्थालाई कुनै हस्तक्षेप गर्दैन ।”

प्रधानमन्त्रीले छानबिन समिति बनाउँदा दूरसञ्चार प्राधिकरणसहित सबै निकाय बसेर छलफल गरेर निर्णय गरिएको जानकारी दिए ।

छानबिन समितिका संयोजक टंकमणि शर्माका विषयमा पनि सांसदहरूले प्रश्न उठाएका थिए । रघुजी पन्त, राजेन्द्र पाण्डेसहितका सांसदले पूर्वमहालेखापरीक्षक शर्माले विगतको बेरुजु समेत हटाएका कारण विवादमा आएको भन्दै छानबिनका निम्ति अर्को समिति बनाउन माग गरेका थिए । प्रधानमन्त्रीले भने शर्माको बचाउ गरे ।

“समिति संयोजक टंकमणि शर्माबारे प्रश्न उठे भनियो, त्यसको सहज जवाफ छ– पहिला महालेखाबाट यति बेरुजु भनियो, पछि हटाइयो भनियो, त्यो हटाइएको छैन । मंसिर २९ गते वक्तव्य जारी भएको छ । रु नौ खर्ब ५९ अर्बभन्दा बढी भनिएको छ, यसमा कर बेरुजु छ, कायमै रहने भनी लुकाएको छ । अस्तिको दिन वक्तव्य जारी भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “प्रश्न शंकाको भरमा उठ्यो । टंकमणि शर्मा बेरुजु कायम गर्नुपर्छ भन्ने मान्छे हो रु उपयुक्त मान्छे हो यो छानबिनमा । म जस्तोसुकै मूल्य चुकाएर भए पनि जनता र राष्ट्रलाई घाटा हुन दिन्नँ ।”

समितिमा राखिएका सचिव फणिन्द्र गौतम पनि अन्तर्राष्ट्रिय रूपमा मुद्दा लडेर नेपाललाई जिताउने व्यक्ति भएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu