ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय विमानस्थलको ‘ड्युटी फ्री शप’ आरजु देउवाकी बहिनीको कम्पनीलाई सुम्पने तयारी


एबीसी न्यूज
३ पुस २०८०, मंगलबार   ४ : २२   बजे

काठमाडौं, ३ पौष । कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी तथा सांसद आरजु राणा देउवाकी बहिनीसमेतको नाममा रहेको कम्पनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा राख्न लागिएको करमुक्त पसल ड्युटी फ्री सुम्पन सरकारी निकायले नै ‘जालझेल’ गरेको पाइएको छ ।

आरजु राणाकी बहिनीसमेतको नाममा रहेको तथा परिवारकै सदस्य सक्रिय रहेको एक कम्पनीलाई मात्रै लाइसेन्स उपलब्ध गराएर त्यहीअनुसार नागरिक उड्ययन प्राधिकरणबाट प्रतिस्पर्धाका लागि आह्वान गराइएको पाइएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले मंसिर ४ गते सार्वजनिक गरेको बोलपत्र आह्वानको सूचनामा भनिएको छ, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा प्रस्थानतर्फको पहिलो तलामा २६।११ तथा आगमनतर्फ अध्यागमन नजिकै कार्यालयबाट तोकिदिएको ७५।८ वर्गमिटर गरी जम्मा १०१।९ वर्गमिटर क्षेत्रफलमा करमुक्त पसल ड्युटी फ्री शप० सञ्चालनका लागि खुला प्रतिस्पर्धाको माध्यमबाट ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकाले नेपाल सरकारको सम्बन्धित निकायबाट करमुक्त पसल सञ्चालन गर्ने र वन्डेड वेयर हाउसको इजाजत प्राप्त गरेका इच्छुक व्यक्तिरफर्मरसंस्थार कम्पनीले देहायका शर्तहरुको अधीनमा रही बोलपत्र फाराम पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

बोलपत्र आह्वान भएको ३० दिनभित्र एघार हजार तीन सय रुपैयाँ मूल्य अभिवृद्धि करसहित बोलपत्र फारम खरिद गर्न सकिने सूचनामा उल्लेख छ ।

प्राधिकरणले सार्वजनिक गरेको उक्त सूचनाअनुसार वन्डेड वेयर हाउसको लाइसेन्स भएका कम्पनीमात्रै प्रतिष्पर्धामा सहभागी हुन पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group