ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभाध्यक्षको भरमा कोसी प्रदेशसभा बैठक, सभामुखमा राप्रपाको ध्यान


एबीसी न्यूज
४ पुस २०८०, बुधबार   १२ : ४५   बजे

काठमाडौं, ४ पौष । कोसी प्रदेशमा बाबुराम गौतमले गत साउन १६ गते राजीनामा गरेयता प्रदेशसभा सभामुखविहीन अवस्थामा छ । सभामुखकै जिम्मेवारीमा उपसभामुख सिर्जना दनुवारले कार्यजिम्मेवारी प्राप्त गरेकी छिन् । तर, सभाबाट हुने मुख्य निर्णय प्रक्रियामा उपसभामुख बारम्बार ‘गयल’ भइदिँदा कोसी प्रदेशसभा सभाध्यक्ष मण्डलका सदस्यको भरमा सञ्चालन गर्नुपर्ने बाध्यता छ । यो क्रम साढे चार महिनादेखि निरन्तर छ । कांग्रेसका इस्राइल मन्सुरीले सभा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

अहिले कोसीमा नेपाली कांग्रेस नेतृत्वको सरकार छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन भएको हो । मुख्यमन्त्री केदार कार्कीले सरकारको नेतृत्व गरिरहेका छन् । सरकारको जिम्मामा दलहरुबीच छलफल गरी सभामुख चयनको बाटो खुलाउने प्रमुख कार्यभार पनि छ । सदन सञ्चालन गर्ने सदस्यबाहेक मौजुदा सत्ता गठबन्धनसँग सहज बहुमत छैन । त्यही भएर गठबन्धनबाट सभामुख छनोट हुने सम्भावना न्यून देखिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा०बाट सभामुख निर्वाचित भए गठबन्धनलाई सदन र सरकार सञ्चालन गर्न सहज हुने देखिन्छ ।

राप्रपा कोसी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बाह्रखरीसँग भने, “अहिले हामीमात्र विपक्षी हौं । एमालेले पनि सरकारलाई समर्थन दिएको छ । त्यसैले नियमसंगत ढंगले प्रमुख विपक्षीले नै सभामुख पाउनु पर्छ भन्ने हो । यसबारे प्रमुख दल नेकपा एमाले, कांग्रेस, माओवादीलगायतसँग छलफल हुने अपेक्षा छ ।”

सिटौलाले औपचारिक रूपमा यस विषयमा दलहरुबीच छलफल गर्ने र सरकारले वातावरण बनाउनेमा आफूहरू विश्वस्त भएको बताए । कोसी प्रदेशसभामा राप्रपाका ६ सांसद छन् । सरकारले ल्याएको बजेट पारित गराउँदा उसले समर्थन जनाएको थियो । तर, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदा भने विपक्षमा मतदान गरेको थियो ।

मुख्यमन्त्री केदार कार्कीले सभामुख चयनको प्रक्रियाका लागि प्रदेशसभाका जारी बैठकमा मतदान कार्यतालिका प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । “दलहरूसँग छलफल गरी यसको निर्क्यौल गर्दै छौँ,” उनले भने ।

मुख्य निर्णयमा उपसभामुख ‘गयल’
तत्कालीन सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर गरी कांग्रेसका उद्धव थापा नेतृत्वमा बनेको सरकारलाई सर्वोच्च अदालतले बदर गरिदियो । दोस्रो पटक सभामुख गौतमलाई राजीनामा गराएर साउन १६ गते फेरि दाबी पेस गरेका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन त भयो । तर, विश्वासको मत लिँदा भने तत्कालीन मुख्यमन्त्री थापा झमेलामा फसेका थिए ।

विश्वासको मत दिलाउने सभा सञ्चालन गर्नुपर्ने दिन उपसभामुख सिर्जना दनुवार ‘बिरामी भई काठमाडौं लागेपछि’ अन्ततः सभाध्यक्ष मण्डलबाट कांग्रेसका इस्राइल मन्सुरीले सभा सञ्चालन गर्नुपर्यो । सभा सञ्चालन मात्र गरेनन् थापाको पक्षमा मतदान पनि गरे । यसको विरोधमा नेकपा एमाले सर्वोच्च अदालत पुग्यो । त्यो प्रक्रिया समेत संविधानसम्मत नदेखिएको भन्दै अदालतले भदौ २१ मा बदर गरिदियो । परमादेशबाट एमालेका हिक्मत कार्की मुख्यमन्त्रीमा बहाली भए ।

मंसिर ९ गते आर्थिक मामिला तथा योजना मन्त्री समेतको भूमिकामा रहेका कार्कीले सदनमा बजेट अध्यादेश प्रतिस्थापन सम्बन्धी विधेयक पेस गरेका थिए । त्यसदिनको सभा समेत मन्सुरीले नै सञ्चालन गरेका थिए । अष्ट्रेलियामा भएको एउटा कार्यक्रममा सहभागी हुन उपसभामुख दनुवार त्यसतर्फ गएकी थिइन् । उनको अनुपस्थितिमै भएका बजेटमाथिको छलफलमा सदनका सबै बैठक मन्सुरीले सञ्चालन गरेका थिए । बजेट पारित हुँदाको बैठकसमेत मन्सुरीले सञ्चालन गरे ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा ९एकीकृत समाजवादी०का चार र जसपाका एक सांसद छन् । गठबन्धनसँग पुग्ने बहुमत ४७ संख्या

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu