ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापान सरकारको सहयोगमा प्युठानमा बेसार प्रशोधन केन्द्र निर्माण


एबीसी न्यूज
४ पुस २०८०, बुधबार   १२ : ५९   बजे

काठमाडौं, ४ पौष । जापान सरकारको सहयोगमा प्युठानमा बेसार प्रशोधन केन्द्र निर्माण गरिएको छ ।  निर्माण गरिएको प्रशोधन केन्द्र प्युठान नगरपालिकालाई हस्तान्तरण गरिएको छ। मंगलबार नेपालका लागि जापानका राजदूत किकुता युताको उपस्थितिमा आयोजित कार्यक्रममा उक्त योजना हस्तान्तरण गरिएको हो ।

जापानको करिब एक करोड नेपाली रुपैयाँ बराबरको सहयोगमा भोल्युन्टियर नेपाल नेसन ग्रुप भोल नेपाल०ले निर्माण गरेको हो ।

यसका लागि जापान सरकार अन्तर्गतको ग्रासरुट एन्ड ह्युमन सेक्युरेटी ग्रान्ट एसिसटेन्स प्रोजेक्ट जीजीपी० अन्तर्गतबाट सहयोग प्राप्त भएको थियो ।

यो योजनाले प्युठान नगरपालिका–८ र आसपासका नागरिकलाई व्यवसायिक रूपमा बेसार उत्पादनका लागि सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।

बेसार उत्पादनका लागि यो ठाउँ उपयुक्त रहेपनि मानिसहरूले आफैले खानका लागि परम्परागत पद्धतिबाट प्रशोधन गर्दै आएका थिए ।

सन् २००५ मा स्थापित भोल नेपालले ग्रामीण विकासका लागि काम गर्दै आएको छ । कार्यक्रममा राजदूत किकुताले प्रशोधन केन्द्रले किसानहरूलाई जीवनयापन सुधार्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।

जीजीपीअन्तर्गत सन् १९९१ यता २०० योजना सम्पन्न भइसकेको जापानी राजदूतावासले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

सम्बन्धित

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu