ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेखा समिति सभापतिले भने– सरकारी ‘सुन्ड मुसन्ड’ले एनसेलमा विषयान्तर गर्न खोजे


एबीसी न्यूज
४ पुस २०८०, बुधबार   १ : १७   बजे

काठमाडौं, ४ पौष । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेल प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिले पनि छलफल चलाएपछि आक्रोश व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् आक्रोश व्यक्त गर्दै भनेका छन्, “सरकारी सुन्ड मुसन्डहरू सार्वजनिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्ड सम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचार छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरुमार्फत् विषय बंग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु ।”

उनले मंगलबार अर्को समितिले यस विषयमा छलफल चलाएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले भने, “लेखा समितिले नै यो विषयमा सार्वजनिक गरेर सरकारलाई छानबिन गर्न भन्यो, ३० दिनभित्र छानबिन गरेर यथार्थ विवरण पेस गर्नू भन्यो । कानुनमा लुप होल छन् भने हिउँदे अधिवेशनमा विधेयकमार्फत् नै टाल्ने काम गर्नुपर्छ भनेर स्पष्ट भनेको छ ।”

उनले सरकारले भोलिपल्टै समिति बनाएकोमा धन्यवाद पनि भनिसकेको उल्लेख गर्दै भने, “तर एउटा समितिले थालेको काम अर्को समितिले आफ्नो कार्यक्षेत्रसमेत ख्याल नगरी प्रधानमन्त्रीसहितलाई बोलाउने र अनि प्रधानमन्त्री त्यहीँ गएर यस्तो प्रस्तुति दिने कुराले सरकारी प्रायोजनमा समिति चल्न थालेको देख्न थालियो । यो भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई ढाकछोप गर्ने षडयन्त्र हो ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group