ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीआरसी विधेयक सर्वसम्मतिबाट नटुंगिए प्रक्रियागत रुपबाट टुंग्याउनुपर्छः सभामुख घिमिरे


एबीसी न्यूज
४ पुस २०८०, बुधबार   ८ : ५६   बजे

काठमाडौं, ४ पुस । सभामुख देवराज घिमिरेले सर्वसम्मतिबाट शान्ति प्रक्रियाका बाँकी काम टुंगिन नसके प्रक्रियागत ढंगबाट टुंग्याएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधबार काठमाडौंमा भएको संक्रमणकालीन न्यायमा बारुदी सुरुङ र बिष्फोटक पदार्थका पीडितहरुको न्याय तथा माइन एक्शनमा समावेशिताको सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले भने, ‘ यो टुंग्याउँदा सही ढंगबाट ल्याइसकेको निस्कर्षमा सम्भव हुन्छ सबैको साझा समस्या हो, सर्वसम्मतिले टुंग्याउने कोशिष गर्नुपर्छ, सर्वसम्मत हिसावबाट टुंगिँदैन भनेपनि यसलाई लामो राखेर लैजानु हुँदैन की प्रक्रियासंगत ढंगबाट टुंग्याएर कार्यान्वयन गर्ने योजना र आँटका साथ जानुपर्छ ।’उनले सबैको साझा समस्या भएकाले सकेसम्म सर्वसम्मत रुपमा टुंग्याउनुपर्ने र सर्वसम्मत हुन नसके प्रक्रियागत रुपमा टुंग्याइ कार्यान्वयनको चरणमा लैजानुपर्ने बताए । उनले एकले अर्कोलाई दोष देखाएर नभइ जिम्मेवारीमा बसेको बेलामा यसको समाधान खोज्नुपर्ने बताए ।

उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदा सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘एकले अर्कोलाई दोष देखाएर होइन, जिम्मेवारीमा बसेको बेलामा यसको समाधान गर्नुपर्‍यो । त्यो गर्दा को सत्तामा छ यो कुराहरु होइन । के गर्नुपर्छ, यो कुरा हुनुपर्छ । के गर्दा यसको आधारभूत समाधान हुन्छ । जहाँसम्म समयसमयमा विधेयकहरु आउने, व्यापक रुपबाट विधेयकहरु छलफल हुने, पारित हुन नसक्ने यो स्थिति देशका राजनीतिक पार्टीहरुको जिम्मेवारीमाथि भर पर्छ ।’ उनले सत्तापक्ष, प्रतिपक्ष सरकार, गैरसरकारी संस्था, बुद्धिजीवि, राजनीतिज्ञहरु सबै मिलेर शान्ति प्रक्रियाका बाँकी काम ढिलो नगरी टुंग्याउनुपर्ने बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम अमुकअमुक नेताहरुको अघि सारेर मात्रै नटुंगिने आशंका व्यक्त गरे ।

उनले भने, ‘हिजोका डरलाग्दा दिनहरुलाई टुंग्याएर यो ठाउँमा पुग्यौँ । तर अब रहेका तुषहरुलाई कसरी समाधान गर्न सकिन्छ रु त्यसमा हिजोको आँखाबाट होइन, अब के गर्नुपर्छ भन्ने आँखाबाट विगतका कुराहरुलाई गर्न सकिने राहत, मलमपट्टी, सहयोग, परिपूरण के गर्न सकिन्छ रु कतिसम्म गर्न उचित हुन्छ रु यो कुराप्रति जिम्मेवार भएर सत्तापक्ष, प्रतिपक्ष सरकार, गैरसरकारी संस्था, बुद्धिजीवि, राजनीतिज्ञ सबैले अब यसलाई ढिलो नगरी टुंग्याउनुपर्छ ।’ सभामुख घिमिरेले टिआरसीसँग सम्बन्धित विधेयक समितिबाटै सबैले टुंग्याउन पहल गर्नुपर्ने बताए । ‘यो विधेयकलाई अमुकअमुक नेताहरुको अघि सारेर मात्रै सम्भवतः यो नटुंगिन सक्छ । त्यसैले यसलाई टुंग्याउनको लागि मान्य सांसदहरु, अहिले समितिमा हुनुहुन्छ, त्यहीँ टुंग्याउन कोशिस गर्नुपर्छ, समितिपछि चाँडै संसद चल्नेछ, संसदको पूर्ण बैठकमा त्यसलाई लगेर पनि छलफल गरी टुंग्याउनुपर्छ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group