ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री किराती क्रिसमस फेस्टिभलको अभिव्यक्तिले विवादमा


एबीसी न्यूज
५ पुस २०८०, बिहिबार   १ : ३९   बजे

काठमाडौं, ५ पौष । प्रधानमन्त्री प्रचण्ड जाने भनिएको क्रिसमस फेस्टिभलमा उनको प्रतिनिधित्व गर्दै पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किराती आफ्नै बोलीका कारण विवादमा तानिएका छन् ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड नै आउने कार्यक्रम भए पनि क्याबिनेट बैठकपछि समेत व्यस्त हुने सूचना पाएको कारण आफू आएको बताए । उनले प्रधानमन्त्रीको तर्फबाट शुभकामना दिए । प्रधानमन्त्री नआएकामा सानो मन नगरिदिन उनको तर्फबाट सन्देश दिए ।

उनले संविधानको धर्मनिरपेक्षतालाई व्याख्या गर्दै राज्य सबै संस्कृतिहरुको अभिभावक भएकाले कोही त्रासमा नबाँच्न आह्वान गरे ।

‘लोकतान्त्रिक गणतन्त्रमा पनि डरत्रास छ कि रु हामी कसैले डराउनुपर्ने स्थिति छैन । संविधानले दिएको अधिकारमा आधारित ९भएर० हामी बाँचेका छौं । टुँडिखेलमा गएर सबैले सुन्नेगरी हामी पनि यही देशका फूल हौं भन्नुहोला’, किरातीले भने, ‘राज्य छ तपाईंहरुको अभिभावक । कोही डराउनुपर्दैन ।’

 

उनले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक देश भनेर संविधानमै लेखिएको हुनाले कसैको डरत्रासमा नबस्न आग्रह गरे ।

‘कसैको दायामायाले होइन, हजारौं शहीदको बलिदानले लेखेको संविधानको बगैँचामा तपाईंहरु एकथरि फूल हो । तपाईंहरुविना बगैंचाको शोभा हुँदैन,’ उनले भने, ‘तीन करोड नेपालीमा लाखौं क्रिश्चियन भइसकेका छन् । क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने, जेलमा हाल्ने हो ।’

दर्शकदीर्घामा क्रिश्चियनहरुको तालीमा देखिएको समर्थन माहोल देखेपछि मन्त्री किरातीले भने, ‘विश्वमा ८५ प्रतिशतले धर्म मान्छन्, १५ प्रतिशतले धर्म मान्दैनन् । धर्म मान्नेहरुको कुल संख्यामध्ये ३० प्रतिशतले क्रिश्चियन मान्छ । यो संसारकै ठूलो धर्म हो ।’

उनले क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टलाई नेपालका प्रधानमन्त्री प्रचण्डसँग तुलना गरे । दुवैजना आआफ्नो समयका क्रान्तिकारी प्रश्नकर्ताहरु भएको दाबी किरातीले गरे । मन्त्री किरातीले भने, ‘यो बेला संसारमा क्राइस्ट भएको भए उहाँ प्रचण्डजस्तै हुनुहुन्थ्यो । म उहाँहरुलाई बराबरजस्तै देख्छु । आज प्रचण्ड यहाँ आएको भए क्राइस्ट आएजस्तै हुन्थ्यो ।’

तालीको अटुट क्रम चलिरह्यो । क्रिश्चियनको चाडपर्वमा शुभकामना आदानप्रदान गर्ने क्रममा मन्त्री किराती भावनात्मक बने ।

‘पहिलेको समयमा भए क्रिश्चियनलाई भेटे खैनी माडेजस्तै माड्थे, अहिले पनि हामी अग्रगामीहरु कमजोर भयौं भने खान्छन् टेकेर,’ किरातीले भने, ‘क्रिसमसमा आधा बिदा किन भन्ने प्रश्न छ । नहुनु भन्दा कानो मामा निको । हामी कमजोर भयौं भने नेपालमै बस्न नपाइने अवस्था पनि आउन सक्छ ।’

मन्त्री किरातीले अर्को प्रस्ताव राखे, ‘कि अरु धर्मको चाडको पनि बिदा काट्नुपर्छ, कि यसको ९क्रिसमसको० पनि पूरै दिनुपर्छ । कि सबैको काट्ने, कि यसको बिदा पनि पूरा दिने ।’

भाषा वाङ्मयमा रुचि राख्ने किरातीले आफ्ना भाषामा भावनात्मक शब्दहरु पनि घुसाउँदै गए, ‘क्राइस्टलाई साक्षी राखेर, मैले बालेको बत्तीलाई साक्षी राखेर म प्रधानमन्त्रीलाई आजै ९बिदा घोषणाबारे० भन्छु । मेरो तर्फबाट पनि उठाइरहन्छु ।’

आफू धर्म नमान्ने व्यक्ति भन्दै उनले धार्मिक आस्था र राजनीतिलाई पनि मिसमास गरे । उनले नेपालमा माओवादीले गरेको सशस्त्र युद्ध र जिसस क्राइस्टको धार्मिक आह्वानलाई तुलना गरे ।

‘नेपालमा हामीले जनयुद्ध गर्दा सत्रहजार मानिसहरु जिससजस्तै झुन्डिए, झुन्ड्याइए’, किरातीले भने, ‘आजको धर्मनिरपेक्ष संविधान त्यसै अनुसार आएको हो । रगतले साटेर परिवर्तन आएको हो । यसलाई दुई चार हाप्सिला ९फ्याउरा० कराउँदैमा हटाउन सकिँदैन ।’

किरातीले केही रचनात्मक प्रस्ताव पनि गरे । जस्तो कि मध्यपहाडी लोकमार्ग वरिपरि एउटा सांस्कृतिक महारेखा कोर्ने, जहाँ सबै संस्कृति र धर्मका मानिस आपसलाई भेट्न सकुन् । इलामको माइपोखरीदेखि खोटाङको हलेसी, पशुपतिनाथमा विभिन्न धर्म संस्कृतिका मान्छेहरु एकै ठाउँमा आस्था व्यक्त गर्न आउने नेपालको विविधता उदाहरणीय रहेको कुरा उठाए ।

मन्त्री किरातीको अभिव्यक्तिलाई लिएर अरु राजनीतिक दलका नेता कार्यकर्ताले प्रतिक्रिया जनाएका छन् । रास्वपा सभापति रवि लामिछानेले मन्त्री किरातीले साम्प्रदायिक विद्वेष फैलाएको टिप्पणी गर्दै राजीनामा मागेका छन् । उनले लेखेका छन्, ‘संस्कृति मन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ ।’

राप्रपा महामन्त्री धवलशमशेर राणाले पनि मन्त्री किरातीले क्रिश्चियनको विरोध गरे हत्कडी लगाउनुपर्छ भनेर दिएको अभिव्यक्ति गलत भएको बताएका छन् । ‘ तपाईंजस्तो पदमा बसेको मन्त्रीले क्रिश्चियनको विरोध गरेकोमा जेल जानुपर्छ भनेको कुरा गलत हो । द्वन्द्व मच्चाउने अभिव्यक्ति दिनुभएको छ । यसमा तपाईंले माफी माग्नुपर्ने हो’, बिहीबार मन्त्री किराती पनि सहभागी संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा राणाले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu