ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री किरातीलाई प्रश्न – क्रिसमस फेस्टिभलमा राजनीतिक भाषण किन ?


एबीसी न्यूज
५ पुस २०८०, बिहिबार   २ : ००   बजे

काठमाडौं, ५ पौष । बुधबार राजधानीमा आयोजित क्रिसमस फेस्टिभलमा बोलेको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किराती विवादमा परेका छन् ।

उनले क्रिश्चियन नमान्नेहरु संविधान विरोधी हुन् भनी दिएको अभिव्यक्तिको विभिन्न राजनीतिक दलका नेताले आपत्ति जनाएका छन् ।

मन्त्री किरातीले भने आफूले नेपालको संविधान मान्नेले सबै धर्म मान्नेलाई समान व्यवहार गुर्नपर्छ भन्ने अर्थमा त्यस्तो अभिव्यक्ति दिएको प्रष्टीकरण दिएका छन् ।

खासमा मैले कुनै पनि अतिवाद सह्य हुँदैन भन्ने अर्थमा भनेको हुँ । संविधान मान्ने हो भने हिन्दु, बौद्ध, क्रिश्चियन, किरात, मुस्लिम सबै धर्मलाई अस्तित्वको अर्थमा मान्न सक्नुपर्छ । किनभने संविधानले नै नेपाललाई बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक भनिसक्यो ।

त्यो नमान्नेलाई के गर्ने त रु संविधान नमान्नेलाई त सजाय हुन्छ नि । भड्काउनु चाहिँ किन पर्‍यो रु कोही पनि अतिवादमा फस्न हुँदैन । संविधानमा भएको अधिकार अनुसार सबै फूलहरु फक्रिन पाउनुपर्छ । सहिष्णुता काम गरौं ।

संविधान र कानुनले गर्ने हो कि । तर त्यो कानुनको वकालत गर्ने अधिकार हरेक नागरिकलाई हुन्छ नि । राजतन्त्र र निरंकुशतामा के हुन्थ्यो ?  गणतन्त्रको ग उच्चारण गर्दा मृत्युदण्डै हुन्थेन रु लोकतन्त्रको ल उठाउँदा मृत्युदण्ड भाको होइन यो देशमा ?

कुनै पनि समाजमा अग्रगामीहरु त्यस्तै हुन्छन् । त्यति बेलाको युग थियो । यति बेला भएको भए त्यस्तै हुन्थ्यो । किनभने उहाँ ९क्राइस्ट० को पनि न्याय सद्भाव, समानताको कुरा छ ।

सीमान्तकृतको कुरा छ । त्यो भएर तुलना गर्दा अहिले भएको भए प्रचण्डजस्तै हुन्थे भनेको हुँ ।अलिक पहिला भएको भए बीपी कोइरालासँग तुलना गर्न मिल्थ्यो । त्योभन्दा अलिक पछि भएको भए मदन भण्डारीसँग हुन्थ्यो होला । अहिले प्रचण्डसँग हुन्छ ।

बिदाको कुरामा पनि तपाईं चिप्लिनुभयो । राज्यको जिम्मेवार मन्त्रीले क्रिश्चियनलाई बिदा मिलाउन कोसिस गर्छु भन्नु स्वभाविक होला, तर अरु धर्मका बिदा काट्नुपर्छ भन्नु सही हो ?

त्यहाँ उनीहरुले बिदाको कुरा निकै प्रमुख एजेन्डाका रुपमा उठाए । लोकतन्त्रमा सबैको अस्तित्व बराबर हो भने विदा पनि बराबर नै हुनुपर्छ । किनभने यो समानताको कुरा पनि हो । यो देशमा बिदा धेरै छ । सधैं बिदामा बसेर हुँदैन । कि त अरुको पनि बिदा कटाउँ, कि त तपाईंहरुको पनि थपौं भनेको मात्रै हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu