ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्ड-मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्यमा


एबीसी न्यूज
६ पुस २०८०, शुक्रबार   १२ : ४७   बजे

काठमाडौं, ६ पौष । प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी थालेका छन् । मन्त्रीहरू परिवर्तन गर्न उनले सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस नेतृत्वसँग आवश्यक परामर्श गरिसकेका छन् ।

माओवादी केन्द्रबाट गएका सबै मन्त्रीहरु फेर्न तयार रहेका प्रधानमन्त्री दाहालले कांग्रेससँग पनि त्यही सर्त राखेका छन् । कांग्रेसमा भने देउवानिकट कतिपय मन्त्रीहरु कायम राख्ने भनाइ आएपछि गृहकार्य केही समयका लागि पछि धकेलिएको छ ।

“प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् फेरबदलको प्रस्ताव आएको हो । अझै केही कुरा मिलिसकेको अवस्था छैन,” कांग्रेसका एक नेताले भने, “ती नमिलेका कुरा मिलाउन गम्भीर छलफल आवश्यक देखिएको छ ।”

ती नेताका अनुसार, कांग्रेस सभापति शेरबहादुर देउवाले केही मन्त्रीहरुलाई नचलाउने सर्त राखेका छन् । खासगरी अर्थमन्त्री डा। प्रकाशशरण महतलाई चलाउनु नहुने उनको अडान छ ।

“अर्थमन्त्रीलाई त चलाउनु हुँदैन । सबैले देश श्रीलंकाको बाटोमा जान्छ भनेको होइन, उसले जोगायो नि १ प्रचण्डका तर्फबाट वार्ताका लागि गएका एक माओवादी नेतासँग देउवाले भनेका थिए, “उसलाई चलाउनु हुँदैन । अरु पनि सबै परिवर्तन गर्ने हो भने प्रधानमन्त्रीले निर्णय गर्नुपर्यो होइन भने हाम्रा मान्छे केही समयपछि केही मात्र परिवर्तन गर्छौ ।”

देउवाले त्यस्तो सर्त राखेपछि प्रधानमन्त्री स्वयम्ले देउवालाई बालुवाटार डाकेर पटक–पटक सन्ध्याकालीन वार्ता गरिसकेका छन् । माओवादीका ती उच्च नेताका अनुसार, वार्तापछि परिस्थिति फरक बनेको छ । देउवाले अर्थमन्त्रीमा डा। महतलाई निरन्तरता दिने अडान नछाडे पनि पहिला भन्दा उनी लचिलो भएका छन् ।

माओवादी केन्द्रमा भने नारायणकाजी श्रेष्ठ नै मन्त्रिपरिषद् गठनका लागि बाधक बनिरहेका छन् । प्रधानमन्त्रीमाथि उनले दबाब खडा गर्न मेहनत गरिरहेको माओवादी केन्द्र स्रोतले जनाएको छ । प्रधानमन्त्री सहमत नभएको अवस्थामा केही लोकप्रिय निर्णय गरेर बाहिरिने रणनीतिमा श्रेष्ठ देखिएका छन् । यसका विषयमा उनले आफ्ना निकटहरुसँग सरसल्लाह समेत गरेका छन् ।

मुटुको समस्याका कारण डाक्टरले आराम गर्न दिएको सल्लाहसमेत नमानी मन्त्रालय गइरहेका श्रेष्ठले केही निर्णय गरेर चर्चामा आउने प्रयास जारी राखेका छन् । तर, माओवादी केन्द्रका तर्फबाट नै मन्त्रिपरिषद् पुनर्गठनको प्रस्ताव कांग्रेसलाई गरिएकाले प्रधानमन्त्री रोकिने अवस्था भने नरहेको माओवादी केन्द्रका नेताहरुको भनाई छ ।

“कांग्रेसले अघि बढौं भनेको खण्डमा प्रधानमन्त्री रोकिनु हुन्न । माओवादीलाई मात्र होइन गठबन्धनका अन्य दललाई मिलाउने जिम्मा उहाँ आफैले लिनुहुन्छ,” माओवादीका एक नेताले भने, “सम्भवतः अर्को हप्ताभित्र मन्त्रिपरिषदमा फेरबदल भइसक्नेछ ।”

प्रधानमन्त्री दाहालले बिहीबार संचार तथा सूचना प्रविधि र ऊर्जा तथा सिंचाई मन्त्रालय, ऊर्जा आयोगसहितका पदाधिकारीहरुसँग छलफल गरेका थिए । त्यस क्रममा उनले मन्त्रिपरिषद गठनको एक वर्षपछि आफूले कार्यशैली बदल्ने भन्दै तपाईंहरु के गर्नुहुन्छ भनी प्रश्न राखेका थिए ।

“मेरो नेतृत्वको सरकार गठन भएको एक वर्ष पुग्दैछ, अर्को वर्ष हामी नयाँ ढंगले जाँदैछौं,” प्रधानमन्त्रीले भने, “त्यसका लागि हाम्रो सोच बदलौं, कार्यशैली पनि बदलौं । म गम्भीर ढंगले मन्त्रालयका कुरा सुन्ने, बुझ्ने र परिणाम ल्याउनेमा छु । मैले कार्यशैली परिवर्तन गर्दैछु, तपाईहरू के गर्नुहुन्छ रु”

यसअघि प्रधानमन्त्री दाहालले पार्टीको बैठकमा पनि केही परिवर्तन हुने संकेत गरेका थिए ।

“सरकारको प्रभावकारिताका लागि मेरो मेहनतले काम गरेन, अब केही नयाँ गर्नुपर्छ,” माओवादी केन्द्रको बिहीबार विहान बालुवाटारमा बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक पदाधिकारीले भने, “अब गेयर परिवर्तन गरेर अघि बढ्नुछ भन्नुभयो ।”

ती पदाधिकारीले प्रधानमन्त्रीको भनाईको आशय मन्त्रिपरिषद् पुनर्गठन नै भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group