ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरासँग इन्जुरी समयमा गोल खाँदा चुक्यो धनगढी


एबीसी न्यूज
६ पुस २०८०, शुक्रबार   ३ : १०   बजे

काठमाडौं, ६ पौष । पोखरा एफसीसँग इन्जुरी समयमा गोल खाएपछि धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको शीर्ष स्थानमा पुग्नबाट चुकेको छ ।

पोखराका मोसे ग्याबाहले इन्जुरी समयमा गोल गरेपछि धनगढी १–१ को बराबरीमा रोकिएको छ । यो बराबरीले पोखरा शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको छ ।

 

बराबरीपछि पोखरा ८ खेलबाट १५ अंक जोडेर लिगमा पहिलो भयो र पहिलो क्वालिफायर खेल्नेछ । बराबरीले धनगढीलाई घाटा भएको छ । ८ खेलबाट १३ अंक जोडेको धनगढी दोस्रोमै छ ।

धनगढीको उपविजेता हुँदै क्वालिफायर खेल्ने संभावना छ । तर उसले वीरगञ्ज र चीतवनबीचको खेलको नतिजामा भर पर्नु पर्छ ।

पहिलो र दोस्रो स्थानको टिमले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने छन् । क्वालिफायरमा पराजित हुने टिमले तेस्रो र चौथो स्थानको टिमबीच हुने खेलको विजेतासँग फाइनल प्रवेशका लागि फेरि खेल्ने मौका पाउने छ ।

ललितपुर सिटी, झापा एफसी, काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड मध्येका २ टिम प्ले अफको दौडमा छन् ।

पोखरासँगको खेलमा ४२ औं मिनेटमा गोल गर्दै मिलन राईले अग्रता दिलाएका थिए ।

पोखराका कप्तान फ्रांकलिन कुएटे टालाले आफ्नै बक्समा टिममेटलाई ब्याक पास दिएका थिए । तर बल उनको टिममेटसम्म पुग्नुअघि नै धनगढीका ओलावाले आफिजले भेटे ।

ओलावाले पोखराका नरेन्द्र चौधरीलाई बिट गर्दै दायाँ भागमा बल क्रस गरेका थिए । पोखराका किपर प्रिसो पनि बिट भइसकेका थिए । क्रस लिन अहमद हिजाजी र मिलन राई दौडेका थिए । मिलनले बल भेटेर वाच टचमै गोल गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu