ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको एक मन्दिरमा कसले लेख्यो भारतीय प्रधानमन्त्री मोदीविरुद्ध नारा ?


एबीसी न्यूज
८ पुस २०८०, आइतबार   १ : १९   बजे

काठमाडौं, ८ पौष । क्यालिफोर्नियास्थित स्वामीनारायण सम्प्रदायको मन्दिरमा भिन्द्रनवालेको समर्थन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नारा लेखिएको घटनाको अमेरिकाले निन्दा गरेको छ।

साथै अमेरिकाले घटनामा संलग्नलाई कारबाही गर्न स्थानीय प्रहरीले गरिरहेको प्रयासको स्वागत पनि गरेको छ।

अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली मामिलाको ब्युरोले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ, ‘हामी क्यालिफोर्नियाको श्री स्वामीनारायण हिन्दू मन्दिरमा गरिएको अपमानको निन्दा गर्दछौँ। हामी जिम्मेवार नागरिकलाई जवाफेदही बनाउन नेवार्क प्रहरी विभागले गरिरहेको प्रयासको स्वागत गर्दछौँ।’

यसअघि भारतका विदेशमन्त्री एस जयशंकरले शनिबार गुजरातको एक विश्वविद्यालयको दीक्षान्त समारोहमा भनेका थिए, ‘मैले यो समाचार देखेको छु। हामी यसमा चिन्तित छौँ। चरमपन्थी र पृथकतावादी शक्तिहरूले भारत बाहिर स्थान पाउनुहुन्न। हाम्रो वाणिज्य दूतावासले त्यहाँ जे भएको छ, त्यस विषयमा अमेरिकी सरकार र त्यहाँको प्रहरीमा उजुरी गरेको छ। यस विषयमा अनुसन्धान भइरहेको छ।’

घटना के हो ?
नेवार्कस्थित श्री स्वामीनारायण मन्दिरको भित्ता र साइन बोर्डमा अपरेसन ब्लुस्टारमा मारिएका जर्नेल सिंह भिन्द्रनवालेको समर्थन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नारा लेखिएको पाइएको छ।

यसबारे अमेरिकी संगठन हिन्दू अमेरिकन फाउन्डेसनले आफ्नो ट्विटर ह्यान्डलमा लेखेको छ, ‘क्यालिफोर्नियाको नेवार्कमा रहेको स्वामिनारायण मन्दिरलाई खालिस्तान समर्थक नारा लगाएर विकृत गरिएको छ।’

‘नेवार्क पुलिस र न्याय विभागको नागरिक अधिकार डिभिजनलाई सूचित गरिएको छ र विस्तृत अनुसन्धान गर्नेछ। हामीले यो केसलाई घृणित अपराधका रूपमा अनुसन्धान गर्न जोड दिइरहेका छौँ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group