ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निरन्तर घट्दो क्रममा निर्यात, मासिक सवा खर्बको आयात हुँदा साढे १२ अर्ब मात्र निर्यात


एबीसी न्यूज
८ पुस २०८०, आइतबार   २ : ०२   बजे

काठमाडौं, ८ पौष । नेपालमा निर्यात व्यापार निरन्तर घट्दो क्रममा रहेको देखिएको छ । चालु आर्थिक वर्ष ९आव० २०८०र८१ को पहिलो ५ महिना साउन–मंसिरको तथ्यांक अनुसार वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८।९६ प्रतिशत रहेको छ । आयातको हिस्सा ९१।०४ प्रतिशत रहेको छ ।

तथ्यांक अनुसार मंसिरसम्म ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यसमध्ये निर्यात मात्र ६३ अर्ब २० करोड रुपैयाँको मात्र भएको छ । जुन ८।९६ प्रतिशत मात्र हुन आउँछ । यस आवको मंसिरसम्म भएको निर्यात गत वर्षको यसै अवधिको तुलनामा समेत कम हो । गत आवको मंसिरसम्म ६७ अर्ब ३० करोड रुपैयाँको निर्यात भएको थियो ।

 

कात्तिकसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८।९८ प्रतिशत रहेको थियो । असोजसम्मको तथ्यांक अनुसार वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९।११ प्रतिशत रहेको थियो । भदौमा ९।२४ प्रतिशत हिस्सा निर्यातको थियो ।

साउनमा निर्यातको हिस्सा ९।४८ प्रतिशत रहेको थियो । व्यापार तथा निर्यात प्रबर्द्धन केन्द्रका अनुसार यस वर्ष फलाम तथा त्यसको उत्पादनको निर्यात बढेपनि ऊनी गलैंचा, यार्न, जुट तथा जुटका उत्पादनको निर्यात खुम्चिन पुगेको छ ।

 

सबैभन्दा धेरै पामतेलको निर्यातमा ह्रास आएको छ । चिया निर्यात समेत यस वर्ष खुम्चिएको छ । यी वस्तुहरुको निकासीमा आएको ह्रासले समग्र वस्तु निर्यातमै नकारात्मक प्रभाव पारेको हो ।

वैदेशिक व्यापारमा घट्दै निर्यातको हिस्सा

महिना कुल व्यापार निर्यात निर्यातको हिस्सा
साउन १ खर्ब ४२ अर्ब ७६ करोड १३ अर्ब ५२ करोड ९।४८ प्रतिशत
भदौ २ खर्ब ८६ अर्ब १९ करोड २६ अर्ब ४४ करोड ९।२४ प्रतिशत
असोज ४ खर्ब ४८ अर्ब ६३ करोड ४० अर्ब ८७ करोड ९।११ प्रतिशत
कात्तिक ५ खर्ब ६३ अर्ब ६ करोड ५० अर्ब ५६ करोड ८।९८ प्रतिशत
मंसिर ७ खर्ब ५ अर्ब ४१ करोड ६३ अर्ब २० करोड ८।९६ प्रतिशत
५ महिनामा साढे ७ खर्बको आयात

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको पहिलो ५ महिनाको अवधिमा आयात भने साढे ६ अर्ब रुपैयाँ बराबरको भइसकेको छ । मंसिरसम्म ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँको आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ३।३९ प्रतिशत कम हो । गत आवको यसै महिनासम्म ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

व्यापार तथा निर्यात प्रबर्द्धन केन्द्रका अनुसार यस वर्ष पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । फलाम तथा स्टीलको आयात समेत केही खुम्चिएको छ । कच्चा भट्टमासको तेल र औषधि आयात समेत घटेको छ ।

कच्चा पाम तेलको आयात समेत धेरैले घट्ने वस्तुमा परेको छ । यस वर्ष तयारी पोषक र अन्नको आयात भने बढेको छ । दूरसञ्चारका सामग्रीको आयातमा समेत सकारात्मक वृद्धि देखिएको केन्द्रले जनाएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१।०४ प्रतिशत रहेको छ ।

वैदेशिक व्यापारको आकार ७ खर्ब, व्यापार घाटा झण्डै ६ खर्ब

मंसिरसम्म वैदेशिक व्यापारको आकार ७ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ । यो गत आवको यसै अवधिको तुलनामा ३।६४ प्रतिशत कम हो । सो आवको मंसिरसम्म ७ खर्ब ३२ अर्ब रुपैयाँ बराबको वैदेशिक व्यापार भएको थियो ।

यसअवधिमा व्यापार घाटा भने ५ खर्ब ७९ अर्ब रुपैयाँ बराबर रहेको छ । यो गत आवको यसै अवधिमा ३।०९ प्रतिशत घटेको छ । अघिल्लो वर्षको यसै अवधिमा ५ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा थियो । वैदेशिक व्यापारमा आयात–निर्यात रेसियो १०।१६ रहेको छ ।

१ खर्ब २८ अर्बको पेट्रोलियम पदार्थ आयात

५ महिनाको अवधिमा पेट्रोलियम पदार्थको आयात मात्र १ खर्ब २८ अर्ब रुपैयाँको भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यसमा नेपालले सबैभन्दा धेरै व्यापार घाटा बेहोरिरहेको छ । यस वर्ष आइरन र स्टीलको आयात ५२ अर्ब ४४ करोड रुपैयाँको छ ।

विद्युतीय सामग्रीको आउात ४५ अर्ब २४ करोडको रहेको छ । सवारी साधन र यसका पार्टपूर्जाको आयात २९ अर्ब २० करोड रुपैयाँको रहेको छ ।

अमेरिकासँगको व्यापार नाफामा

नेपालको कुल १५० मुलुक सँग वैदेशिक व्यापार रहेको छ । जसमध्ये सबैभन्दा धेरै भारतसँग रहेको छ । व्यापार घाटा समेत भारतसँग छ । भारतसँग ३ खर्ब ९४ अर्बको आयात र ४२ अर्ब रुपैयाँको निर्यात व्यापार छ ।

चीनसँग १ खर्ब २५ अर्बको आयात र १ अर्ब ३ करोड रुपैयाँको निर्यात व्यापार रहेको छ । अमेरिकासँग नेपालको व्यापार नाफामा छ । यस मुलुकसँग ५ अर्ब ४८ करोड रुपैयाँको आयात हुँदा ७ अर्ब ३० करोड रुपैयाँको निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu